Shikhar Insurance

सिटिजन लाइफः जीवन बीमा कोष १३८ प्रतिशत र बीमा शुल्क ११० प्रतिशतले वृद्धि

सिंहदरबार संवाददाता
२०७८ बैशाख २८, मंगलवार १३:२९
NIMB
Nabil Bank

काठमाडौं । कोरोना संकटलाई छिचोल्दै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो जीवन बीमा कोष १३८.८८ प्रतिशतले वृद्धि गर्न सफल भएको छ । कम्पनीले सार्वजनिक गरेको चैत मसान्त अवधीसम्मको अपरिस्कृत वित्तिय विवरण अनुसार हाल कम्पनीको जीवन बीमा कोषमा ३ अर्ब एक करोड रुपैयाँ छ ।

अघिल्लो चैत मसान्तमा यस्तो कोषमा जम्मा एक अर्ब २६ करोड रुपैयाँ मात्रै थियो । एक वर्षको अवधीमा कम्पनीको जीवन बीमा कोषको आकार एक अर्ब ७५ करोड रुपैयाँ अर्थात १३८.८८ प्रतिशतले वृद्धि भएको छ । जीवन बीमा कम्पनीहरुका लागि जीवन बीमा कोषको आकार वृद्धिलाई सबै भन्दा राम्रो सूचक मानिन्छ ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीले २०७७ चैत मसान्त अवधीमा २ अर्ब ४४ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको देखिन्छ । जबकी २०७६ चैत मसान्तमा कम्पनीको त्यस्तो बीमा शुल्क जम्मा एक अर्ब १६ करोड रुपैयाँ थियो । एक वर्षको अवधीमा सिटिजनले बीमा शुल्क एक अर्ब २८ करोड अर्थात ११०.३४ प्रतिशतले बढाउन सफल भएको छ ।

कम्पनीको कुल बीमा शुल्क भने ६ अर्ब २ करोड रुपैयाँ नाघेको छ । सिटिजन लाइफको चुक्ता पुँजी एक अर्ब ७५ करोड रुपैयाँ छ । केहि समयभित्र कम्पनीले आईपीओ निष्काशन गर्ने तयारी अघि बढाएको छ । कम्पनीले दीर्घकालिन लगानी तथा कर्जामा ३ अर्ब ८३ करोड रुपैयाँ लगाएको छ । सिटिजनको नाफा १४ करोड ४५ लाख रुपैयाँ पुगेको छ, यद्यपी यो नाफा बीमांकीय मूल्यांकन अघिको हो ।

सिटिजनले हालसम्म एक लाख ९३ हजार ९ सय ७६ वटा बीमालेख जारी गरेको छ । कम्पनीले प्रति वर्ष प्रति हजार न्युनतम २५ देखि ७५ रुपैयाँसम्मको अन्तरिम बोनस दर निर्धारण गरेको छ । हालसम्म ५०२ वटा दावी वात ४१ करोड ७१ लाख रुपैयाँ भुक्तानी गरेको देखिन्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्