Shikhar Insurance

जेठ १३ गतेसम्म उपत्यकामा निषेधाज्ञा, अब झनै कडा हुने

सिंहदरबार संवाददाता
२०७८ बैशाख २८, मंगलवार १३:३७
NIMB
Nabil Bank

काठमाडौं । उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा लम्बिने भएको छ । उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्लाहरुको बैठकले जेड १३ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेका हुन् ।

यस अघि नै सीसीएमसीले १३ गतेसम्म निषेधाज्ञा लम्ब्याउन सिफारिस गरेको थियो । मन्त्रिपरिषदले आवश्यकता अनुसार निषेधाज्ञा लगाउने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिएको छ । उपत्यकाका हकमा तीन जिल्लाका सिडियोहरुको संयुक्त बैठकले त्यस्तो निर्णय गर्दै आएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

अब हुने निषेधाज्ञा पहिलेको भन्दा थप कडा हुनेछ । अब ठूलो विकास आयोजना बाहेकका अन्य निर्माणका कामहरु पनि रोकिनेछन् । सडकमा पनि अत्यावश्यक बाहेकका सबै यातायात र पैदल यात्रुलाई समेत हिडडुल गर्न बन्देज लगाइनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्