Shikhar Insurance

राजनीतिक अस्थितरताले छोएन सेयरबजारलाई, २७.४७ अंकले बजार बढ्दा ५ अर्ब ८१ करोडको कारोबार

सिंहदरबार संवाददाता
२०७८ बैशाख २८, मंगलवार १५:०९
NIMB
Nabil Bank

काठमाडौं । नेपाली सेयर बजारमा राजनीतिक अस्थिरतको प्रभाव कम हुँदै गएको छ । मौजुदा सरकारले विश्वासको मत नपाएको, विपक्षीले बहुमत पुर्याउन नसक्ने अवस्था बनेको तथा पुनः संसद विघटनका सम्भावना समेत बढेका बेला पनि मंगलबार बजार २७.४७ अंकले बढेको छ ।

मंगलबार बजारमा २२० कम्पनीको एक करोड ८ लाख, १९ हजार ५ सय ३५ कित्ता सेयर ५ अर्ब ८१ करोड ६ लाख ७३ हजार ७१ रुपैयाँमा किनबेच भयो । मंगलबार नेप्सेका सबै सब इण्डेक्सहरु उकालो उकाले चढेका छन् ।
बोटलर्स नेपाल तराईका लगानीकर्ताले १० प्रतिशत कमाउन सफल भए भने रुरु जलविद्युत कम्पनीका लगानीकर्ताले पनि ९.९७ प्रतिशत कमाए । त्यसैगरि युनाइटेड मोदी हाइड्रो पावरका लगानीकर्ताले ९.९१ प्रतिशत, गुहेश्वरी मर्चेन्टका लगानीकर्ताले ९.८८ र समता लघुवित्तका लगानीकर्ताले ९.०५ प्रतिशत कमाएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

मंगलबार नेपाल पुनर्बीमा कम्पनीको ७६ करोड, अपि पावरको २० करोड, शिवम सिमेन्टको ६ करोड र एचआइडीसीएलको १५ करोड बराबरको सेयर कारेबार भएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्