Shikhar Insurance

नेपाली ई-कमर्स ग्यापु मार्केप्लेसको मोबाइल एप एक लाखपल्ट डाउनलोड

सिंहदरबार संवाददाता
२०७८ बैशाख २९, बुधबार १०:५०
NIMB
Nabil Bank

काठमाडौं । ग्यापु मार्केटप्लेसको एप प्ले स्टोरमा एक लाख डाउनलोड पुगेको छ। दैनिक ७ सय भन्दा बढी नेपाल भर नि:शुल्क डेलिभरी गर्दै आएको ग्यापुले १ वर्षमै अत्यधिक रुचाइएको नेपालीको आफ्नै इकमर्स प्लेटफर्म बन्न सफल भएको दाबी गरेको छ ।

ग्यापुले भनेको छ, “कोभिड कहरका कारण भएको पहिलो लकडाउनको विषम परिस्थितिमा उपभोक्तालाई भिडभाडमा जानुपर्ने अवस्थाको अन्त्य गर्दै हामिले तरकारी, फलफूल, खाद्यान्न लगायत अत्यावश्यक बस्तुको नि:शुल्क होम डेलिभरी गर्दै ग्यापु मार्केटप्लेसको सुरुवात गरेका थियौं। लकडाउनमा सुरु भएको यात्रा पक्कै पनि सहज थिएन। सजिलो नभए पनि उपभोक्तालाई सुबिधा दिने हाम्रो प्रणमा हामी रोकिएनौं र निरन्तर अगाडी बढ्यौं। आम उपभोक्ताको साथ र हौसलाले अगाडि बढेको हाम्रो यात्राले वैशाख १ गते पहिलो वर्षगाँठ पनि मनायो ।”

Citizen Life
Kumar Bank
Nepal Life

ई-कमर्समा अभ्यस्त नभैसकेको नेपाली बजारमा कम्पनीले उपभोक्ताको अथाह माया पाएको बताइएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्