Shikhar Insurance

अस्पतालहरुले अक्सिजन नपाए सीसीएमसीको यी नम्बरमा फोन गर्नुस

सिंहदरबार संवाददाता
२०७८ बैशाख २९, बुधबार ११:१४
NIMB
Nabil Bank

काठमाडौं । उपप्रधानमन्त्री तथा सीसीएमसीका संयोजक ईश्वर पोखरेलले अस्पतालहरुमा अक्सिजनको कमी भएमा हटलाइन नम्बरहरुमा फोन गर्न सकिने व्यवस्था गरेका छन् । पोखरेलका प्रेस सल्लाहकारले फेसबुकबाटै हटलाइन नम्बरहरु सार्वजनिक गरेका छन् । सरकारले केहि दिन अघि मात्रै अक्सिजन वितरण गर्ने अधिकार स्वास्थ्य मन्त्रालयबाट खोसेर सीसीएमसीलाई सुम्पिएको थियो ।

सीसीएमसीले नै हाल अक्सिजनको जोहो गर्दै देशभरका अस्पतालहरुलाई वितरण गर्दै आएको छ । मंगलबार मात्रै सीसीएमसी संयोजक पोखरेलले निजी क्षेत्रसँग पर्याप्त मात्रामा अक्सिजन उत्पादन र सहज वितरणका उपायबारे छलफल गरेका थिए । अस्पतालहरुले अक्सिजनका लागि अब ११५४ र १४० नम्बरमा फोन गर्नुपर्नेछ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्