Shikhar Insurance

निषेधाज्ञामाझ धमाधम कर्जा बढाउँदै बैंकहरू, सरकारी खर्च नभए तरलता के होला ?

सिंहदरबार संवाददाता
२०७८ बैशाख ३०, बिहीबार ०९:४३
NIMB
Nabil Bank

काठमाडौं । निषेधाज्ञामाझ पनि वाणिज्य बैंकहरू कर्जा विस्तार गर्न सक्षम भएका छन् । देशका विभिन्न जिल्लामा निषेधाज्ञा रहेपनि बैंकहरुको कर्जा विस्तार निक्षेपको तुलनामा बढेको हो ।

नेपाल बैंकर्स संघका अनुसार वाणिज्य बैंकहरूको निक्षेप–कर्जा अनुपात (सीसीडी रेसियो) ७९ प्रतिशत नाघेको छ । बैंकहरूसँग कर्जा प्रवाह बढाउने सीमा कम हुँदै जाँदा उनीहरू भने कर्जा बढाइरहेको देखिन्छ ।

Citizen Life
Kumar Bank
Nepal Life

संघको तथ्यांकअनुसार वैशाख १८–२४ को सातामा कुल १५ अर्ब ५३ करोड रूपैयाँ कर्जा प्रवाह बढेको छ । जुन यस अवधिमा परिचालन भएको निक्षेपभन्दा साढे ५ अर्ब बढी हो । यस साता वाणिज्य बैंकहरूले ९ अर्ब ८७ करोड रूपैयाँ निक्षेप बढाएका छन् ।

चैत मसान्तको तुलनामा २४ दिनमा बैंकहरूमा रहेको निक्षेप ११ अर्ब २० करोड रूपैयाँले घट्दा कर्जा ३५ अर्बले बढिसकेको छ । जसका कारण ७८.२९ प्रतिशतमा रहेको सीसीडी अनुपात ७९.१३ प्रतिशत पुगेको छ ।

चैत मसान्तसम्म बैंकहरूले ३९ खर्ब ४४ अर्ब रूपैयाँ निक्षेप परिचालन गरी ३५ खर्ब ७३ अर्ब रूपैयाँ कर्जा प्रवाह गरेका थिए । वैशाख २४ सम्म निक्षेप ३९ खर्ब ३३ अर्बमा खुम्चिएको छ भने कर्जा बढेर ३६ खर्ब ९ अर्ब रूपैयाँ पुगेको छ ।

जसकारण अधिकांश वाणिज्य बैंक थप कर्जा प्रवाह गर्न नसक्ने स्थितिमा चाँडै पुग्ने अनुमान लगाउन सकिन्छ । केन्द्रिय बैंकले वाणिज्य बैंकहरूलाई कर्जा – पुँजी+निक्षेप अनुपात (सीसीडी रेसियो) ८५ प्रतिशतसम्म पुग्न अधिकार दिएको छ ।

एकातिर बढ्दै गएको कर्जा र अर्कातिर घट्दै गएको निक्षेप माझ सीसीडी पनि बढ्नुले कर्जाको माग भएपनि बैंकहरू प्रवाह गर्न नसक्ने स्थितिमा पुग्ने देखिएको हो ।

तर, बैंकरहरू तलरता टाइट भइसको तर केही समयसम्म यस्तै परिस्थित रहने भन्ने स्वीकार्न तयार छैनन् । एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी भन्छन्, “तरलता अहिले टाइट भइसकेको छ । बैंकहरूको सीसीडी ७९ प्रतिशत नाघिसकेको छ । यो गत वर्षको जस्तो होइन ।” गत वर्ष कर्जाको माग धेरै नभएकाले तरलता सहज स्थितमा रहेको उनको अनुभव छ ।

तर, अबको केही महिना सरकारी खर्चका आधारमा तरलताको मात्रा थाहा हुने जिकिर उनले गरे । “खर्च नभएको स्थितिमा गत वर्षको झैं तरलता नहुन सक्छ । अहिले सीसीडीको सीमा ८५ प्रतिशत छ,” केसीले सिंहदरबारसँग भिडियो अन्तर्वार्तामा भनेका छन्, “तर, निषेधाज्ञा भइरहँदा कर्जाको माग घट्छ पनि आयात पनि घट्ने हुँदा तरलता तत्काल अप्ठेरो स्थितिमा पुग्छ जस्तो लाग्दैन ।”

चैत मसान्तसम्म वाणिज्य बैंकहरूको सीसीडी रेसियो:

वैशाख महिनाको साप्ताहिक निक्षेप र कर्जा (अर्ब रूपैयाँमा)

 

वाणिज्य बैंकहरूको निक्षेप र कर्जा प्रवाह (अर्ब रूपैयाँमा)

 

GBIME

प्रतिक्रिया दिनुहोस्