Shikhar Insurance

ओलीसामु आत्मसमर्पण गरिन्नँ : भुसाल

सिंहदरबार संवाददाता
२०७८ बैशाख २९, बुधबार १२:०५
NIMB
Nabil Bank

काठमाडौं । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले पार्टी अध्यक्ष केपी ओलीसँग नझुक्ने स्पष्ट पारेका छन् । सामाजिक सञ्जाल फेसबुकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे स्पष्ट पार्दै उनले ओलीसामू झुक्नु क्रान्तिमाथिको गद्दारी हुने भएकाले त्यस्तो नगर्ने बताएका हुन् ।

पछिल्लो समय केपी ओली समूहले भुसाल लगायतका नेताहरूले संस्थापन पक्ष रोज्न लागेको प्रचार गरिरहेका बेला भुसालको यस्तो अभिव्यक्ति आएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

उनले भनेका छन्,

“हिजो प्रचण्डलाई गाली गरेर पार्टी विभाजनको पाप ढाक्ने प्रयास भयो । आज झलनाथ–माधवलाई गाली गरेर बाँकी रहेको नेकपा एमालेलाई विभाजित गरिँदैछ । आज हामीविरुद्ध गरिएका गालीगलौज वा आलोचनाले नेपालमा संविधान जारी हुँदा असफल भएका र विघटित प्रतिनिधिसभा पुनःस्थापित हुँदा दोस्रोपटक पनि असफल भएका शक्तिहरुले चुनावको नाममा फेरि प्रतिनिधिसभा विघटन गराएर हामीसँग बदला लिन कस्सिएका छन् भन्ने दाबीको खण्डन हुँदैन । विद्रोहले क्रान्तिमा योगदान गर्छ  िकगर्दैन भन्ने विषयमा इतिहासमा ठूलो विवाद छ । तर, आत्मसमर्पण क्रान्तिप्रति गद्दारी हो भन्ने कुरा हामीलाई राम्ररी थाहा छ ।”

GBIME

प्रतिक्रिया दिनुहोस्