Shikhar Insurance

रोजगारी र उद्यमको सीप सिकाउने निःशुल्क कार्यक्रम आयोजना गर्दै रोलिङ जब

सिंहदरबार संवाददाता
२०७८ बैशाख २९, बुधबार १२:०९
NIMB
Nabil Bank

काठमाडौं । रोलिङ जबले निःशुल्क रोजगारी र उद्यमको सीप सिकाउने कार्यक्रम आयोजना गर्ने भएको छ । रोलिङ नेक्सस इम्प्लोइमेन्ट एण्ड आन्ट्रप्रेनरसीप स्कील डेभलपमेन्ट कार्यक्रम मे महिनाभरि चल्नेछ ।

यो कार्यक्रमले विद्यार्थी, फ्रेसर, रोजगार खोजिरहेको व्यक्ति र क्यारियर खोजी गरिरहेकोलाई सहयोग पुर्‍याउनेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

यो वेबिनारमा निःशुल्क रिजुमे लेख्न, ग्राहक सेवा क्षमता वर्कशप, र डिजिटल मार्केटिंग कार्यशाला सञ्चालन गरिन्छ ।

त्यो साथै नेपालमा एचआर युवा नेतृत्व, नेपालमा परामर्श फर्महरूको सम्भाव्यता र चुनौतीहरू जस्ता शीर्षकहरूमा पनि वेबिनार आयोजना गरिन्छ ।

रोलिंग जबका भाइस प्रेसिडेन्ट प्रभास राईका अनुसार कार्यशालामा अनुभवी पेशेवरहरूले सहयोग पुर्‍याउनेछन् र वेबिनारका प्यानलिस्टहरू र मोडरेटरहरूले आईटी, ईकमर्स, आईएनजीओ, नेपालमा दूरसञ्चार क्षेत्रहरु, बैंकका विभिन्न संगठनहरूमा नेतृत्व पदमा रहेका पेशेवर र उद्यमीहरूसँग छलफल गर्न पाउनेछन् ।

आयोजकका अनुसार अग्रिम दर्ता गरेमा जो कोहीले पनि यस पहलमा भाग लिन पाउनेछन् । दर्ता फारम साप्ताहिक आधारमा आधिकारिक रोलिङ नेक्ससको फेसबुक पृष्ठमा मे महिनाभर उपलब्ध हुनेछ ।

रोलिंग जबका आयोजकहरूले सबैलाई, विशेष गरी युवाहरूलाई, यस कार्यक्रममा भाग लिन अनुरोध गरेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्