Shikhar Insurance

कोरोनाकालमा बीमितलाई बीमा समितिको बम्पर उपहार, ब्याज छुटदेखि इमेलबाटै नविकरणसम्म

सिंहदरबार संवाददाता
२०७८ बैशाख २९, बुधबार १६:२४
NIMB
Nabil Bank

काठमाडौं । बीमा समितिले कोरोना कालमा बीमितहरुलाई बम्पर उपहार दिएको छ । निषेधाज्ञा अवधीमा बीमा शुल्क बुझाउन नसकेमा बीमितले ब्याज तिर्नुपर्ने छैन् । समितिले निषेधाज्ञा समाप्त भएको १५ दिनपछिसम्म ब्याज नलिई बीमा शुल्क उठाउन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ ।

त्यस्तै, यो अवधीमा बीमा शुल्कै नतिरी इमेल गरेर बीमालेख नविकरण गर्न सकिने सुबिधा पनि समितिले उपलब्ध गराएको छ । बीमालेखको समय अवधी सकिएको अवस्थामा विद्युतिय माध्यमबाट दावी गर्न सकिने र अन्य अवस्थाको दावी पनि विद्युतिय माध्यमबाटै गर्न सकिने व्यवस्था पनि समितिले गरिदिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

समितिले बीमा कम्पनीहरुलाई परिपत्र जारी गर्दै विद्युतिय माध्यमबाट बीमा शुल्क भुक्तानी गर्न सकिने व्यवस्था मिलाउन पनि भनेको छ । कोरोना कहरका कारण बीमितहरु घरमै थुनिन बाध्य भएको, अभिकर्ताहरु समेत बिमितका घरसम्म पुग्ने अवस्था नभएकाले सिंगो बीमा क्षेत्रको हितका लागि बीमितलाई ब्याज छुट लगायतका सुबिधा दिएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले सिंहदरबारलाई बताए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्