Shikhar Insurance

माधव नेपाल समुहको राष्ट्रिय सभा उम्मेदवार खिमलालले पाए कलम चुनाव चिन्ह

सिंहदरबार संवाददाता
२०७८ बैशाख २९, बुधबार २०:०९
NIMB
Nabil Bank

काठमाडौं । बागमति प्रदेशको राष्ट्रिय सभा सदस्य निर्वाचनमा माधव नेपाल समुहका उम्मेदवार डा. खिमलाल देवकोटाले कमल चुनाव चिन्ह पाएका छन् । काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी(उपेन्द्र यादव, बाबुराम भट्टराई समुह) तथा नेकपा(एमाले) माधव नेपाल समुहले डा. देवकोटालाई राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाएको हो । उनले आफुलाई कलम निर्वाचन चिन्ह चाहिने माग गरेका थिए ।

उनको माग अनुसार नै निर्वाचन आयोगले कलम चिन्ह दिएको हो । बागमति प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षको जिम्मेवारी समेत सम्हालिसकेका डा. देवकोटालाई माधव नेपाल समुहले राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाएको हो । उनले एमाले ओली समुहका उम्मेदवार राम बहादुर थापा बादलसँग प्रतिष्पर्धा गर्नेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

राष्ट्रिय सभा निर्वाचन जेठ ६ गतेका लागि तोकिएको छ । बागमति प्रदेशका सांसद र स्थानीय तहका प्रमुख तथा उप प्रमुखले भोट हालेर राष्ट्रिय सभा सदस्य निर्वाचित गर्नेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्