Shikhar Insurance

बिग मर्जरः बिहीबार ३ बजे हिमालयन र इन्भेस्टमेन्टबीच सम्झौतापत्रमा हस्ताक्षर हुने

सिंहदरबार संवाददाता
२०७८ बैशाख २९, बुधबार २०:४७
NIMB
Nabil Bank

काठमाडौं । हिमालयन बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकको मर्जरसम्बन्धि सम्झौता (एमओयू)मा बिहीबार ३ बजे हस्ताक्षर हुने भएको छ । दुई बैंकबीच ठमेलको अलफ्ट होटलमा मर्जर हुने तय भएको मर्जर कमिटीका एक सदस्यले जानकारी दिए ।

मर्जपछि बन्ने नयाँ बैंकको नाम ‘हिमालयन एन्ड नेपाल इन्भेस्टमेन्ट बैंक’ हुने स्रोतले बतायो । दुई बैंकबीच महिनौं लामो छलफलपछि मर्जरमा जाने पक्कापक्की गरेका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

नयाँ बैंकको अध्यक्ष पृथ्वीबहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृत अशोक राना हुने तय भएको छ ।

हिमालयन बैंकले कुनै पनि बैंक तथा वित्तीय संस्था मर्ज वा प्राप्ति गरेको थिएन भने इन्भेस्टमेन्टले एस डेभलपमेन्ट बैंक, जेबिल्स फाइनान्स र सिटी एक्स्प्रेस फाइनान्स एक्वायर गरेको थियो ।

हिमालयन बैंक स्रोतका अनुसार हालसम्म कुनै मर्जर नगरिएको र यसो नगर्दा बैंक अरुको तुलनामा सानो हुने भएपछि मर्जमा जान लागिएको हो । दुई बैंकको बिग मर्जर पछि उपलब्ध मानव तथा अन्य स्रोतले बन्ने नयाँ बैंक थप परिस्कृत हुनेछ ।

अघिल्लो साता बसेको दुवै बैंकको छुट्टाछुट्टै बोर्ड बैठकले एमओयूको मस्यौदा पारित गरेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्