Shikhar Insurance

६ सय थान सिलिन्डर लिन वाइडबडी शनिबार ओमन जाने, त्यसपछि हरेक दिन बेइजिङ

सिंहदरबार संवाददाता
२०७८ बैशाख ३०, बिहीबार ०९:१९
NIMB
Nabil Bank

काठमाडौं । नेपाल वायुसेवा निगम ६ सय थान अक्सिजन सिलिन्डर लिन ओमन जाने भएको छ । गैर आवासिय नेपाली संघको सहयोग र नेपाली दुतावास ओमानको सहकार्यमा सहयोग स्वरुप प्राप्त हुने करिब ६ सय थान अक्सिजन सिलिन्डर लिन निगम शनिवार ओमानको राजधानी मस्कट जाने प्रयास गरिरहेको हो ।

निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलले यस्तो जानकारी दिएका हुन् । कोरोना महामारीको दोस्रो लहरसँग देश जुधिरहेका बेला निगमले आवश्यक अक्सिजन सिलिन्डर सहित अत्यावश्यक सामाग्री व्यवस्था गर्न आफूहरु अहोरात्र लागिरहेको उनले बताएका छन् । पौडेल भन्छन्, “अन्यत्र उपलब्ध हुन सक्ने सामानहरु ल्याउन निगमका सबै जहाजहरु तयारी अवस्थामा राखिएको छ ।”

Citizen Life
Kumar Bank
Nepal Life

ओमनबाट फर्केर सोही दिन साँझ चिनको बेईजिङमा संकलित करिब ४ सय थान अक्सिजन कन्सर्नटेटर, ४०० थान सिलिन्डर र अन्य चिकित्शा सामाग्री लिन जाने तयारी निगमको छ । त्यसपछी हरेक दिन ५ सय ५० थान सिलिन्डर उत्पादन हुने भएकोले हरेक दिननै वाइडबडी ए३३० बेइजिङ पठाउने जानकारी पौडेलले दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्