Shikhar Insurance

योगेश भट्टराईको अर्थपूर्ण अभिव्यक्ति, कोभिडसँग लड्न ‘राष्ट्रिय सहमति’ आह्वान

सिंहदरबार संवाददाता
२०७८ बैशाख ३०, बिहीबार १०:०६
NIMB
Nabil Bank

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले कोभिडसँग लड्न राष्ट्रिय सहमति आह्वान गरेका छन् । एमाले नेता भट्टराईले २०७२ को महाभुकम्प पछि गरिएको राष्ट्रिय सहमति झैं कोभिडको दोस्रो लहरलाई परास्त गर्न राष्ट्रिय सहमति गर्नुपर्ने बताएका छन् ।

उनले भनेका छन्, “त्यतिबेला जसरी राजनीतिक बिमतीहरुलाई थाती रखेर सरकार र राजनीतिक नेतृत्वले सहमतिमा काम गर्‍यो । एमाले, माओवादी र नेकाका बीचमा १६ बुँदे सहमति गरी संविधान निर्माण गर्ने जोखिमपूर्ण काम सम्पन्न भयो । त्यसरी नै कोभिडविरुद्धको लडाईंमा फेरी एक पटक राष्ट्रिय सहमतिकासाथ ठोस योजनामा सबैले काम गर्नु पर्दछ । राष्ट्रको मिसन कोभिड १९ लाई बनाउनु पर्दछ ।”

Citizen Life
Kumar Bank
Nepal Life

विश्व नै कोभिडबाट आक्रान्त छ । हरेक दिन बिरामीहरुको अकाल मृत्‍यु र उनीहरुका परिवारको चित्कारका समाचारले सरकार र भाग्यले बांचेकाहरु लाचार बनिरहेको अवस्था रहेको भट्टराईको अनुभव छ । उनले भनेका छन्, “हाम्रो देश अझ संकट तिर जाँदै छ । विगतदेखि कै सरकारहरुले सार्वजनिक स्वास्थ्यलाई राज्यको प्रमुख दायित्वका रुपमा लिएर प्रयाप्त काम नगरेका कारण आज यो बिस्फोट बन्न पुगेको छ ।” बिरामीका लागि न्युनतम अक्सिजन र बेड दिन नसक्नुले हामी सबै लज्जित भएको उनले बताए । “यस्तो संवेदनसील अवस्थामा भैरहेका अस्वस्थ राजनीतिक खेलहरुले सरकार, राज्यसंयन्त्र तथा राजनीतिक नेतृत्वप्रति असन्तुस्टी बढदै गएर व्यवस्था नै धरापमा पर्नसक्ने सम्भावनाप्रति सबै सचेत हुनुपर्दछ,” उनले भनेका छन् ।

उनले चीनको सहयोग माग्ने, राष्ट्रिय सहमति गर्ने लगायत ४ विषयमा सबैको ध्यानाकर्षण गराएका छन् ।

१. अहिले तुलनात्मक रुपमा चिनमा कोभिडको असर कम भएको देखिन्छ । तसर्थ अघिल्लो समयमा इटली लगायतका युरोपेली मुलुकमा चिनले स्वास्थ्य सामाग्री र जनशक्ति सहित जसरी सहयोग गरेको थियो त्यसरिनै अहिले नेपाललाई सहयोग गर्न नेपाल सरकारले चिन सरकारलाई अनुरोध गर्नु पर्दछ । र भारत लगायत अन्य देशका सरकारलाई पनि अनुरोध गरी सहयोग तत्काल ल्याउनु पर्दछ ।

२. २०७२ को महा भुकम्प पछी जसरी राजनीतिक बिमतीहरुलाई थाती रखेर सरकार र राजनीतिक नेत्रित्वले सहमतिमा काम गर्‍यो, एमाले, माओवादी र नेकाका बिचमा १६ बुंदे सहमति गरी संबिधान निर्माण गर्ने जोखिमपूर्ण काम सम्पन्न भयो त्यसरी नै कोभिड बिरुद्धको लडाईंमा फेरी एक पटक राष्ट्रिय सहमतिकासाथ ठोस योजनामा सबैले काम गर्नु पर्दछ। राष्ट्रको मिसन कोभिड १९ लाई बनाउनु पर्दछ ।

३. सम्पूर्ण जनशक्तिलाई कोभिड बिरुद्धको लडाईंमा केन्द्रित गर्ने र छिटो प्रकृयाबाट थप जनशक्ति भर्ना गर्ने ।

४. आर्थिक अभाव हुन नदिने । अन्य शिर्सकका बजेट पनि कोभिडमा केन्द्रित गर्ने । कोभिड बिरुद्धको लडाईंमा खटेको जनशक्ति बाहेक राज्यबाट पारिश्रमिक लिने अरु सबैको सुबिधा हाललाई स्थगित राख्ने ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्