Shikhar Insurance

एमालेको सबै कार्यकारी अधिकार केपी ओलीमा सिमित

सिंहदरबार संवाददाता
२०७८ बैशाख ३०, बिहीबार १२:४७
NIMB
Nabil Bank

काठमाडौं । नेकपा(एमाले)ले ओली समुहले पार्टीको सबै कार्यकारी अधिकार अध्यक्ष केपी ओलीलाई सुम्पिएको छ । बिहिबार बालुवाटारमा बसेको ओली समुहको स्थायी कमिटी बैठकले पार्टीका सबै निर्णय गर्ने अधिकार ओलीलाई सुम्पिएको हो ।

ओलीले स्थायी कमिटीले गर्ने सबै निर्णयहरु आफै गर्न सक्नेछन् । ‘पार्टी भित्र र राष्ट्रिय राजनीतिमा विकसित नयाँ परिस्थितिका सन्दर्भमा आवश्यक निर्णय लिने अधिकार बैठकले अध्यक्ष कमरेड केपी ओलीलाई प्रत्यायोजन गरेको छ’, एमाले ओली समुहको स्थायी कमिटी बैठकको निर्णयमा भनिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

GBIME

प्रतिक्रिया दिनुहोस्