Shikhar Insurance

एक भए हिमालयन र इन्भेस्टमेन्ट, दुई महिनाभित्र एकीकृत कारोबार

सिंहदरबार संवाददाता
२०७८ बैशाख ३०, बिहीबार १६:१७
himalayan investment
NIMB
Nabil Bank

काठमाडौं । अहिलेसम्मकै ठूलो मर्जर सम्झौता सम्पन्न भएको छ । हिमालयन बैंकका अध्यक्ष तुल्सीप्रसाद गौतम र नेपाल इन्भेस्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले बिग मर्जरको सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

दुई बैंक मिलेर बन्ने नयाँ बैंक ‘हिमालयन एन्ड नेपाल इन्भेस्टमेन्ट बैंक’को एकीकृत कारोबार २ महिनाभित्र सुरू हुनेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

हिमालयन बैंक र नेपाल इन्भेस्टमेन्ट बैंक मिलेर देशकै सबैभन्दा ठूलो बैंक बनेको हो । दुई बैंकबीच ठमेलको अलफ्ट होटलमा मर्जर भएको हो । महिनौं लामो छलफलपछि मर्जरमा जाने पक्कापक्की गरेका थिए ।

नयाँ बैंकको अध्यक्ष इन्भेस्टमेन्टका पृथ्वीबहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृत हिमालयन अशोक राणा हुने तय भएको छ । इन्भेस्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे नयाँ बैंकको डेपुटी सीईओ हुनेछन् ।

यसअघि हिमालयन बैंकले कुनै पनि बैंक तथा वित्तीय संस्था मर्ज वा प्राप्ति गरेको थिएन भने इन्भेस्टमेन्टले एस डेभलपमेन्ट बैंक, जेबिल्स फाइनान्स र सिटी एक्स्प्रेस फाइनान्स एक्वायर गरेको थियो ।

अघिल्लो साता बसेको दुवै बैंकको छुट्टाछुट्टै बोर्ड बैठकले एमओयूको मस्यौदा पारित गरेको थियो ।

दुई बैंक १ बराबर १ को स्वाप रेसियोमा मर्ज भएका हुन् । नयाँ बैंकको चुक्तापुँजी करिब २७ अर्बको हुनेछ ।

No description available.

No description available.

सिफिरिसः

१) बिग मर्जरः बिहीबार ३ बजे हिमालयन र इन्भेस्टमेन्टबीच सम्झौतापत्रमा हस्ताक्षर हुने

२) हिमालयन-इन्भेस्टमेन्ट मर्जरलाई दुवै बोर्डको स्विकृति, एकसाताभित्र एमओयू

३) बिग मर्जर : नाम ‘हिमालयन एन्ड नेपाल इन्भेस्टमेन्ट’, अशोक राणा सीईओ, ज्योति पाण्डे डेपुटी, पाँडे अध्यक्ष

४) बिग मर्जरमा जान लागेको हिमालयन बैंकको नाफामा भारी गिरावट, वितरणयोग्य नाफा २ करोडले *वृद्धि

५) हिमालयनसँग मर्जरमा जाने इन्भेस्टमेन्ट बैंकको निर्णय, अध्यक्ष पाँडे, सीईओ राणा

६) डीडीएमा इन्भेष्टमेन्ट भन्दा हिमालयन अब्बल, के हुन्छ मर्जर ?

GBIME

प्रतिक्रिया दिनुहोस्