Shikhar Insurance

एक साताका लागि बन्द भयो पिसिआर परीक्षण

सिंहदरबार संवाददाता
२०७८ बैशाख ३०, बिहीबार १८:१३
NIMB
Nabil Bank

नुवाकोट । जिल्लाको त्रिशूली अस्पतालको प्रयोगशालामा आरटी–पिसिआर परीक्षणका लागि स्वाब संकलन एक साता बन्द गरिएको छ ।

नुवाकोटसहित रसुवा र धादिङबाट संकलित स्वाबको परीक्षण गरिँदै आएको सो प्रयोगशालामा जाँच गर्नुपर्ने नमूना एक साताका लागि पुग्ने भएकाले स्वाब संकलन बन्द गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

कार्यालयका प्रमुख सागरप्रसाद घिमिरेका अनुसार प्रयोगशालाको परीक्षण क्षमता दैनिक १८८ नमूना भएकामा हाल एक हजार ५०० भन्दा बढी स्वाब परीक्षणका लागि प्राप्त भएकाले बाँकी संकलन गरेर नपठाउन स्थानीय तहलाई पत्राचार गरिएको छ । रासस

GBIME

प्रतिक्रिया दिनुहोस्