Shikhar Insurance

अन्ततः मिले ओली–नेपाल, एमाले एकता जोगिने बाटोमा

सिंहदरबार संवाददाता
२०७८ बैशाख ३०, बिहीबार २०:२९
NIMB
Nabil Bank

काठमाडौं । अन्ततः नेकपा(एमाले)का अध्यक्ष केपी ओली र बरिष्ठ नेता माधव कुमार नेपालले पार्टी एकता जोगाउने पहल कदमी लिएका छन् । बिहिबार करिब चार घण्टा छलफलमा बसेका दुई नेताले फागुन २८ गतेदेखि पछि ओलीले गरेका सबै निर्णय फिर्ता गर्ने समझदारी गरेका हुन् ।

समझदारी अनुसार एक कार्यदल गठन गरेर पार्टी भित्रका विवाद मिलाउने बिन्दु खोजि हुनेछ । दुई नेताहरुबीचको छलफल समझदारी उन्मुख पुगेको बरिष्ठ नेता माधव नेपालले बताएका छन् । नेपाल पक्षिय अधिकांश नेताहरुले पार्टी एकताका लागि सकारात्मक वातावरण बनेको बताईरहेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

ओली पक्षका पनि अधिकांश नेताहरु पार्टी एकताको वातावरण तयार भएको बताईरहेका छन् । एमालेका लाखौं कार्यकर्ताहरु पार्टी एकताको सम्भावना बढेको भन्दै खुसी देखिएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्