Shikhar Insurance

कोरोना अवधिभर लघुवित्तका ऋणीहरुलाई ब्याज छुट, २८ लाख ऋणी लाभान्वित हुने

सिंहदरबार संवाददाता
२०७८ बैशाख ३०, बिहीबार २१:३१
NIMB
Nabil Bank

काठमाडौं । लघुवित्त वित्तीय संस्थाका ऋणीहरूले कोभिड अवधिभर ब्याज छुट पाउने भएका छन् । नेपाल लघुवित्त बैंकर्स संघले आफ्ना सदस्य संस्थाहरूलाई परिपत्र जारी गर्दै संस्थाका ऋणी ग्राहकहरूलाई ब्याजमा सहुलियत दिन भनेको हो ।

कोभिड १९ ले सिर्जना गरेको असहज परिस्थितमा संस्थागत क्षमताअनुसार प्रत्येक संस्थाले ऋणीलाई ब्याजमा सहुलियत प्रदान गरी सुमधुर व्यावसायीक सम्बन्ध बनाउने काम गर्न उपुयक्त हुने संघले सदस्य संस्थाहरूलाई सुझाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

स्वास्थ्य मापदण्ड पालना गरी डिजिटल प्रविधिको प्रयोग गरी कारोबार गर्न संघको निर्देशन छ ।

यो छुट चालु आर्थिक वर्षका लागि कायम रहने संघका अध्यक्ष बसन्त लम्सालले सिंहदरबारलाई जानकारी दिए । उनका अनुसार सबै सदस्य लघुवित्तले यो परिपत्र कार्यान्वयन गरे २८ लाख ऋणी सदस्य लाभान्वित हुनेछन् ।

अध्यक्ष लम्सालले आफूले नेतृत्व गरेको विजय लघुवित्तले आफ्ना ऋणी सदस्यलाई १० प्रतिशत ब्याज छुट दिने बताए । अरू संस्थाले पनि यस्तै छुट दिने अनुमान उनको छ । यसरी छुट दिँदा विजय लघुवित्तले डेढ करोडसम्म राहत दिनुपर्नेछ र यसबाट संस्थाका ३० हजार सदस्य लाभान्वित हुनेछन् ।

संघको अरू के-के निर्देशन ? यस्तो छ परिपत्र :

No description available.

GBIME

प्रतिक्रिया दिनुहोस्