Shikhar Insurance

ओली–नेपाल मिलेपनि उम्मेदवारी फिर्ता लिन्नँ : देवकोटा

सिंहदरबार संवाददाता
२०७८ बैशाख ३१, शुक्रबार १०:४६
NIMB
Nabil Bank

काठमाडौं । राष्ट्रिय सभाका उम्मेदवार खिमलाल देवकोटाले आफ्नो उम्मेदवारी फिर्ता नलिने बताएका छन् । नेकपा एमालेका शीर्ष नेताद्वय मिलेपनि आफ्नो उम्मेदवारी यथावत् रहने जनाएका छन् ।

हिजो नेकपा एमालेका शीर्ष नेताहरू केपी शर्मा ओली र माधव नेपालबीच सहमति जुटेको थियो । देवकोटालाई नेपालले साथ दिएर उम्मेदवारी दिएको बताइएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

देवकोटाले ओली–नेपाल मिलेपनि आफूलाई नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तथा जसपा (उपेन्द्र–बाबुराम पक्ष)को समर्थन रहेको बताएका छन् ।

उनले भनेका छन्, “पछिल्लो राजनीतिक घटनाक्रम पछि पनि मुलुकका प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी लगायत अन्य दलहरुको समर्थन र सहयोगबाट मैले उम्मेदवारी दिएको स्थितीमा यसमा पुर्नविचार गर्ने कुरा कल्पना भन्दा वाहिरको विषय हो ।” मुलुकको राजनीतिक स्थिरता, संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण लगायतका लागि राजनीतिक दलहरु विभाजित हुनु नहुने उनले बताएका छन् ।

देवकोटाले नेकपा एमालेका नेता कार्यकर्ता लगायत सबै राजनीतिक दलहरुले आफूप्रति पूर्ण विश्वास र सदभाव राखेको अवस्थामा आफ्नो उम्मेदवारीप्रति आफू प्रतिवद्ध रहेको बताएका छन् । “तर्सथ, सबै मतदाताहरुमा उत्साहका साथ चुनावमा सहभागी भई मेरो चुनाव चिन्ह कलममा मतदान गर्नु हुन सादर अनुरोध गर्दछु,” देवकोटाले भने ।

पछिल्लो राजनीतिक घटनाक्रमपछि देवकोटाले सामाजिक सञ्जालमा आफ्नो धारण व्यवक्त गरेका हुन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्