Shikhar Insurance

माछापुच्छ्रे बैंकको नयाँ ब्याजदर सार्वजनिक, ९.८९ प्रतिशतमै होमलोन

सिंहदरबार संवाददाता
२०७८ बैशाख ३१, शुक्रबार ११:५०
NIMB
Nabil Bank

काठमाडौं । माछापुच्छ्रे बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले जेठ १ गतेदेखि लागु हुनेगरी कर्जा तथा निक्षेपका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार मुद्दती निक्षेपमा ७ प्रतिशत ब्याज दिने बैंकको घोषणा छ । संस्थागततर्फको दर पनि ७ प्रतिशत नै छ ।

Citizen Life
Kumar Bank
Nepal Life

बचततर्फ बैंकले माछापुच्छ्रे बचत खातामा ४ प्रतिशत र अरू खातामा २ प्रतिशत ब्याज दिनेछ । तलब खातामा बैंकले ४ प्रतिशत ब्याज दिने बताएको छ ।

कर्जातर्फ बैंकले आधार दरमा अधिकतम ७ प्रतिशतसम्म थपेर ब्याज लिनेछ । व्यक्तिगत कर्जातर्फ ५ वर्षसम्मको होमलोनमा बैंकले ९.८९ प्रतिशत ब्याज लिनेछ । त्योभन्दा बढी अवधिको कर्जामा बैंकले ११.८९ प्रतिशत ब्याजदर तोकेको छ ।

चैत मसान्तसम्म बैंकको आधार दर ७.०९ प्रतिशत र स्प्रेड दर ४.०४ प्रतिशत थियो ।

Interest rate change effective from 15th May, 2021

GBIME

प्रतिक्रिया दिनुहोस्