Shikhar Insurance

ईश्वर पोखरेलको रहस्यमय मौनता, पार्टी एकतामा के उनी खुसी छैनन् ?

सिंहदरबार संवाददाता
२०७८ बैशाख ३१, शुक्रबार १२:००
NIMB
Nabil Bank

काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र बरिष्ठ नेता माधव कुमार नेपालबीच पार्टी एकताबारे सैद्धान्तिक सहमति भएपछि एमाले कार्यकर्ताहरु खुसीयाली छाएको छ । केवल कार्यकर्ता मात्रै होइन एमालेका सबै जसो नेताहरुले पार्टी एकता जोगाउने पहल कदमीलाई ऐतिहासिक उपलब्धी भन्दै सार्वजनिक अभिव्यक्ति दिईरहेका छन् ।

तर यो एकता प्रक्रियाबाट एमाले महासचिव ईश्वर पोखरेल भने सबै भन्दा निराश देखिएका छन् । उनले अहिलेसम्म पछिल्लो राजनीतिक घट्नाक्रमबारे आफ्नो धारणा सार्वजनिक गरेका छैनन् । यी तिनै पोखरेल हुन् जो ओली एमालेमा अध्यक्षपछि बाँकी राखिएका एक्ला पदाधिकारी महासचिव छन् । तर उनी पार्टी एकतामा देखिएका सकारात्मक संकेतहरुका कारण निकै चिन्तामा परेको देखिन्छ । पार्टी विभाजनको डिलमा पुगेका बेला माधव नेपाल र उनको समुहलाई गाली गर्दै दैनिक जसो फेसबुकमा लेख्ने पोखरेलले एकताको उभार आउँदा पनि भने अझै आँखा चिम्लिएर बसेको देखिन्छ ।

Citizen Life
Kumar Bank
Nepal Life

उनी सिंगो एमालेमा महासचिव थिए भने ओलीले बनाएको महाधिवेशन आयोजक कमिटीमा अध्यक्षपछि बाँकी राखिएका एक्ला पदाधिकारी महासचिव छन् । उनले पार्टी एकतामा देखिएको शुभ संकेतबारे थाहै पाएका छैनन् भन्न पक्कै पनि मिल्दैन् । थाहा पाएको भए उनले किन प्रतिक्रिया जनाएनन् ? यो आश्चर्य लाग्ने विषय हो । श्रोतका अनुसार उनी माधव नेपाल, झलनाथ खनालहरु विहिन एमाले चाहान्थे ।

उनी ओलीपछि एमालेको अध्यक्ष बन्ने योजनामा थिए । एमाले एकता भत्किँदा स्वभाविक रुपमा पोखरेल नै ओलीपछिका नेता हुने सम्भावना पनि थियो । तर सिंगो एमाले जोगिँदा पोखरेलको त्यो सपना पुरा हुने सम्भावना थिएन, किन की उनी भन्दा बरिष्ठ र काबिलहरु नेतृत्वका लागि तयार भएर बसेका छन् । अध्यक्ष बन्ने आफ्नो सपनामा पार्टी एकताले गम्भिर धक्का लागेपछि पोखरेल हालसम्म चुपचाप बसेको श्रोत बताउँछ । अब उनले ओलीको कान फुकेर पुनः पार्टी विभाजनलाई मलजल गर्न सक्ने आरोप पनि लागेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्