Shikhar Insurance

सीईडीबीको आईपीओ बाँडफाँड : १४ लाख ५१ हजारको हात खाली, तपाईंलाई पर्‍यो ?

सिंहदरबार संवाददाता
२०७८ बैशाख ३१, शुक्रबार १२:१०
NIMB
Nabil Bank

काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओ बाँडफाँड भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धन सनराइज क्यापिटले शुक्रबार बिहान आईपीओ बाँडफाँड गरेको हो ।

बाँडफाँड विवरणअनुसार २ लाख ३४ हजार १ सय ९१ जनाले १०–१० कित्ता पाएका छन् भने ४ जनाको भागमा ११–११ कित्ता परेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीको आईपीओमा १७ लाख ३३ हजार ९ सय ४९ जनाले आवेदन दिएका थिए जसमध्ये १६ लाख ८५ हजार ६ सय २७ जनाको आवेदन प्रमाणीत (भेरिफाइड) भएको थियो ।

भेरिफाइडमध्ये ४ हजार ४ सय ४२ जनाको आवेदक अयोग्य ठहरिएको सनराइज क्यापिटलले जनाएको छ ।

कम्पनीले सर्वसाधारणका लागि २३ लाख ४१ हजार ९ सय ५४ कित्ता सेयर जारी गर्ने गरी आईपीओको आवेदन खुला गरेको थियो । जसमा सर्वसाधारणले १०.५२ गुणा बढी अर्थात् २ करोड ४७ लाख ७ हजार १ सय ७ कित्ता सेयर माग भएको थियो ।

आईपीओको नतिजा सीडीएसको आईपीओ नतीजा हेर्ने वेबसाइट वा मेरोसेयरबाट वा सनराइज क्यापिटलको वेबसाइटबाट हेर्न सकिन्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्