Shikhar Insurance

कोरोना कहरले बीमा समितिको ५३ औं बार्षिकोत्सव स्थगित

सिंहदरबार संवाददाता
२०७८ बैशाख ३१, शुक्रबार १३:३४
NIMB
Nabil Bank

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिको ५३ औं बार्षिकोत्सव समारोह स्थगित भएको छ । समितिले हरेक वर्ष जेठ १ गतेका दिन बार्षिकोत्सव बनाउँदै आएको थियो । यसपाली भने जेठ १ गते शनिबार ५३ औं बार्षिकोत्सव मनाउने कार्यक्रम तय भएको थियो ।

स्वास्थ्य मापदण्ड पुरा गरेर समितिमा कार्यक्रम गर्ने र बाँकी सहभागीलाई जुममा जोडेर बार्षिकोत्सव गर्ने तयारी समितिले गरेको थियो । तर कोरोनाको संकट झनै बढेको र सबै कर्मचारीलाई बार्षिकोत्सव समारोहमा प्रत्यक्ष सहभागी गराउन पनि नसकिने भएपछि कार्यक्रम स्थगित गरिएको हो । ‘कोरोनको महामारी झनै बढिरहेको छ, माहामारी कम भयो भने आगामी २ महिनाभित्र बार्षिकोत्सव कार्यक्रम गरौंला, अहिलेलाई स्थगित गरियो’, बीमा समितिका अध्यक्ष सुर्य सिलवालले सिंहदरबारसँग भने ।

Citizen Life
Kumar Bank
Nepal Life

अर्थ मन्त्रालयको जिम्मेवारी कसले र कहिले पाउने समेत एकिन नभएकाले पनि शनिबारको बार्षिकोत्सव कार्यक्रम स्थगित गरिएको बताइन्छ । प्रधानमन्त्री ओलीले पुनः सपथ ग्रहण गर्दैछन् । तर मन्त्रीमण्डल विस्तारमा को को पर्ने हुन ? अर्थमन्त्रालयको जिम्मेवारी कसले पाउने भन्ने अझै एकिन भैसकेको छैन् । नयाँ अर्थमन्त्रीलाई ब्रिफिङ समेत नगरि प्रमुख अतिथि बनाउन पनि मुस्किल हुने अवस्था थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्