Shikhar Insurance

निषेधाज्ञाभर वाणिज्य बैंकहरुले कर्जा नदिने !

सिंहदरबार संवाददाता
२०७८ बैशाख ३१, शुक्रबार १४:३९
NIMB
Nabil Bank

काठमाडौं । वाणिज्य बैंकहरुले कर्जा प्रवाह रोकेका छन् । कोभिड १९ को दोस्रो लहरले बैंकिङ क्षेत्र आक्रान्त बनाएपछि बैंकहरुले ५ प्रकारका सेवामात्र दिने भएका हुन् । बैंकहरूले दिने सेवाको सूचीमा कर्जा प्रवाह समावेश छैन ।

वाणिज्य बैंकहरुका छाता संगठन नेपाल बैंकर्स संघले सर्वसाधारणमा कोरोनाको जोखिम बढ्दै गएपछि बैंकिङ सेवामा व्यापक कटौती गरेको जनाएको छ । यसअघि सिमित शाखामात्र खुल्दै आएकामा बैंकहरुले सिमित सेवामात्र दिने थालेका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

तर, नियमित प्रकृतिका कर्जा प्रवाह सेवा भने बन्द भएको छ । कोरोना अवधिभर वाणिज्य बैंकहरुले खाताबाट नगद झिक्ने, खातामा नगद जम्मा गर्ने (रु ५० हजार भन्दा माथि मात्रै), रकम स्थानान्तरण (चेक–आईपीएस–आरटीजएिस आदि), विप्रेषण भुक्तानी र अन्तर्राष्ट्रिय व्यापारको सेवामात्र दिनेछन् ।

संघका अध्यक्ष भुवन दाहालका अनुसार बैंकहरुबाट बैंकर्स संघले भनेका ५ सेवामात्र प्रवाह हुनेछन् । “यी सेवाको सूचीमा नियमित प्रकृतिका कर्जा प्रवाहको सेवा समावेश छैन,” दाहालले सिंहदरबारसँग भने, “तोकेबाहेकका अत्यावश्यक सेवा दिनुपरे हरेक बैंकमा २ जना सम्पर्क व्यक्ति ताकिएको छ । उहाँहरुबाट सेवा दिइन्छ ।”

संघले वाणिज्य बैंकहरुबाट ती सेवामात्र प्रवाह गर्न सर्कुलर गरिसकेको छ ।

बैंकमा रकम जम्मा गर्ने निहुँमा सर्वसाधारण बाटोमा निस्कने गरेको पाइएको छ । उनीहरू १–२ हजारको डिपोजिट भौचर बोकेर बैंक जाने बहानामा आवतजावत गर्ने गरेको पाइएको हो ।

कोभिड–१९ को दोस्रो लहरसँगै मुलुकमा संक्रमितको संख्या बढ्दै गएको छ । बैंकिङक्षेत्रमा पनि सक्रिय कोरोना संक्रमित कर्मचारीको संख्या ३ हजारभन्दा बढी छ । हालसम्म विभिन्न वाणिज्य बैंकका ७ जनाभन्दा बढी कर्मचारीले कोरोनाको कारण ज्यान गुमाइसकेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्