Shikhar Insurance

सबैभन्दा बढी पटक प्रधानमन्त्री बन्ने कम्युनिस्ट बने ओली

सिंहदरबार संवाददाता
२०७८ बैशाख ३१, शुक्रबार १५:१६
NIMB
Nabil Bank

काठमाडौं । केपी शर्मा ओलीले देशको ४३ औं प्रधानमन्त्रीका रूपमा सपथ लिएका छन् । राष्ट्रपति निवास शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई पद तथा गोपनीयताको सपथ गराएकी हुन् ।

ओली तेस्रो पटक प्रधानमन्त्री बनेका हुन् । ओली सबैभन्दा धेरै ३ पल्ट प्रधानमन्त्री बन्ने पहिलो कम्युनिष्ट हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) बमोजिम सबैभन्दा ठूलो दलको नेताको रूपमा ओलीलाई हिजो प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।

यसअघि पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ओली बराबर २–२ पल्ट प्रधानमन्त्री थिए । प्रधानमन्त्री हुने कम्युनिष्टहरू मनमोहन अधिकारी, प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराई मात्र हुन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्