Shikhar Insurance

बैंक-वित्तिय संस्थाका ४ हजार कर्मचारी संक्रमित, राष्ट्र बैंक भन्छ : बैंक बन्द गरे देश चल्दैन

सिंहदरबार संवाददाता
२०७८ बैशाख ३१, शुक्रबार १७:१६
NIMB
Nabil Bank

काठमाडौं । वैशाख १५ गते यता बैंक तथा वित्तीय संस्थाका ४ हजार भन्दा बढी कर्मचारीमा कोरोना संक्रमण भएको छ । सरकारले राजधानीबाट सुरू गरेको निषेधाज्ञायता ४१ सय ३५ जना कर्मचारीमा कोरोना संक्रमित भएका छन् । जसमध्ये सबैभन्दा बढी वाणिज्य बैंकका कर्मचारी छन् । वाणिज्य बैंकमा कार्यरत २८ सय ५ जनामा कोरोना संक्रमण हुँदा यस अविधमा संक्रमित विकास बैंक, वित्त कम्पनी र लघुवित्तमा कार्यरत कर्मचारीको संख्या क्रमशः ४ सय ५७, १ सय ११ सय ७ सय ६२ छ ।

Citizen Life
Kumar Bank
Nepal Life

नेपाल राष्ट्र बैंकका अनुसार ४१ सय ३५ कर्मचारीका १६ सय ४ एकाघर परिवारका सदस्य संक्रमित बनेका छन् । कुल संक्रमितमध्ये ३६ सय ९१ जना सक्रिय संक्रमित हुन् । सक्रिय संक्रमितको संख्या वाणिज्य बैंकमा २४ सय ७९ छ । कोरोनाबाट हालसम्म ४ जनाको ज्यान गएको छ । सबै वाणिज्य बैंकका कर्मचारी हुन् । कर्मचारीको एकाघर परिवारका २२ जना सदस्यले कोरोनाको कारण ज्यान गुमाएका छन् ।

बैंक बन्द गरे देश चल्दैन
नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बैंक बन्द गरे देशै नचल्ने बताए । ‘बैंक यस्तो क्षेत्र हो, यो बन्द भयो भने सबै क्षेत्र ठप्प हुन्छ । बैंक बन्द गरेर देश चल्दैन,’ प्रवक्ता ढकालले भने ।

यस्तो छ ढकालको प्रतिक्रिया
यतिबेला कोरोनाको दोश्रो लहरले सिंगो नेपाली जनजीवन प्रभावित भैरहेको छ । संक्रमितहरुको संख्या र मृत्युका आँकडाहरुले सबैलाई झस्काएको छ । यस्तो बेलामा के सेवा सञ्चालन गर्ने ? के बन्द गर्ने भन्नेबारे केहि कानुनी प्रावधानहरु छन् । केहि हदसम्म सरकारले आफ्नो विवेक प्रयोग गरेर निर्णय गर्ने आधारहरु पनि छन् । सरकारले निषेधाज्ञा सुरु गरेदेखि नै अत्यावश्यक सेवाहरु बाहेक अन्य क्षेत्र मोटामोटी रुपमा बन्द गराएको छ ।

नेपाल राष्ट्र बैंकले पनि बैंक तथा वित्तिय संस्थाहरुलाई २५ प्रतिशत शाखा मात्रै खोले हुन्छ भन्ने व्यवस्था गरिदिएका छौं । केन्द्रिय कार्यालयहरु २० प्रतिशत कर्मचारीबाट सञ्चालन गर्नु भनेका छौं । अहिलेका लागि हामीले दिन सक्ने भनेको यत्ति मात्रै हो । अक्सिजन आयात, उपचारका लागि बैंकबाट पैसा झिक्न सहज हुनुपर्छ भन्ने छ ।

बैंक बन्द गरेर देश चल्दैन । स्वास्थ्य कर्मी, नर्स, डाक्टर, सुरक्षा कर्मीहरुले हामी र हाम्रो परिवारलाई कोरोनाको जोखिम भयो । अब सेवा गर्दैैनौं भन्न थाले भने के हुन्छ ? सुरक्षा निकाय र डाक्टर, नर्सहरु कति संक्रमित भए ? कतिले ज्यान गुमाए ? भन्ने तथ्यांक सार्वजनिक गरियो र बाँकीले हामी काम गर्दैनौं भन्न थाले के होला  ?

हामीले सुरक्षाका अधिकतम मापदण्ड पालना गरेर अत्यावश्यक बैंकिङ सेवा दिने भनेका छौं । साना निक्षेप नलिने भनेकैं छौं । ऋणहरु पनि अहिले नदिए हुन्छ । तर नागरिकले बैंकमा राखेको निक्षेप झिक्न पाउनुपर्छ । क्रेडिटका मान्छे अफिस नगए पनि हुन्छ । घरबाट काम गर्न मिल्ने कर्मचारी घरमै बसेर काम गर्दा हुन्छ । अत्यावश्यक काम गर्नेहरु भने बैंक कार्यालयमै जानुपर्छ । बैंकसँग नागरिकको जीवन जोडिएको छ ।

राष्ट्र बैंकमा सक्रिय संक्रमित छन् । त्यसमा परिवार र कार्मचारी दुवै परेका छन् ।

अहिले बैंकिङ प्रणालीमा ३२ अर्ब रुपैयाँ तरलता छ । एक हप्तामा १० अर्ब निक्षेप बढेको छ । तरलता फालाफाल छैन् तर आवश्यक मात्रामा छ । ४.८६ प्रतिशत अन्तर बैंक ब्याजदर छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्