Shikhar Insurance

जापानले लगायो थप तीन राज्यमा स्वास्थ्य सङ्कटकाल, के नेपालमा पनि लाग्ला ?

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ १, शनिबार ०८:१९
NIMB
Nabil Bank

एजेन्सी । जापानले कोभिड–१९ वृद्धि भएको भन्दै थप तीन राज्यमा स्वास्थ्य सङ्कट क्षेत्रका रूपमा विस्तार गरेको छ ।

जापानी प्रधानमन्त्री योशीहिदा सुगाले शुक्रबार होक्काइदो, ओकायामा र हिरोशिमा क्षेत्रहरूमा स्वास्थ्य सङ्कट बिस्तार गर्ने घोषणा गरेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

सरकारले यसअघि टोकियो, ओसाका, ह्योगो र क्योटोमा स्वास्थ्य सङ्कटको अवस्था मे अन्त्यसम्मका लागि विस्तार गरेको छ र यसलाई आइची र फुकुओका क्षेत्रमा पनि विस्तार गर्ने बताएको छ ।

यसैबीच, सरकारले गुन्मा, इशिकावा र कुमामोटो प्रान्तहरूमा स्वास्थ्य क्षेत्रमा अर्ध–सङ्कटकाल विस्तार गर्ने पनि प्रधानमन्त्री सुगाले बताए ।

स्वास्थ्य कार्यदलको बैठकमा सुगाले भने, “होक्काइडो, ओकायामा र हिरोशिमामा सङ्क्रमण बढेका कारण यहाँ कडा प्रतिबन्ध लगाउनुपर्ने देखिएको छ । यहाँ आइतबारदेखि मे ३१ सम्म मद्यपान गर्न र रेष्टुरेन्टहरूमा प्रतिबन्ध लगाइएको थियो । रासस

GBIME

प्रतिक्रिया दिनुहोस्