Shikhar Insurance

मंगलग्रहमा उत्रियो चिनको ‘चु रोङ’ रोबोट, अमेरिकालाई चुनौती

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ १, शनिबार १९:३२
NIMB
Nabil Bank

काठमाडौं । सात महिनाको अन्तरिक्ष यात्रा, तीन महिना अर्बिटको परिक्रमा अनि अन्तिम ९ मिनेटपछि चीन मंगल ग्रहमा रोबट पठाउने दोश्रो देश बनेको छ । चाइना नेशनल स्पेश एडमिनिस्ट्रेशनले चु रोङ(चिनको पौराणिक अग्नि तथा युद्धका देवता) शनिबार मंगलग्रहमा सफलता पूर्वक उत्रिएको हो । यो एउटा सानो रोबोट हो र त्यसमा पाङग्रा लगाईएको हुन्छ ।

चु रोङमा वटा पाङग्रा जडान गरिएको छ । यो मंगल ग्रहको युटोपिया प्लेनिशया समतल भुखण्डमा पुगेको छ जुन मंगलको उत्तरी गोलार्धमा पर्छ । चीनले यो रोबोटमा एक प्रोटेक्टिभ क्याप्सुल, एक प्यारासुट र रकेट प्लेटफर्मको प्रयोग गरेको छ । मंगलमा ग्रहमा रोबोट उतार्नु चीनका लागि एक महत्वपूर्ण सफलता हो ।

Citizen Life
Kumar Bank
Nepal Life

चु रोङ रोबटका साथ तियान्मेन–१ अर्बिटर पनि छ जसले फेब्रअरीमा मंगल ग्रहमा पुग्नेछ । युटोपियन प्लेनिशयाबाट चीनको रोबोटले तस्विरहरु पठाउनेछ । चिनियाँ इञ्जिनियरहरुले यस सम्बन्धमा लामो समयदेखि काम गरिरहेका थिए । मंगलको दुरी अहिले ३२ करोड किलोमिटर छ, अर्थात मंगल ग्रहबाट पृथ्वीसम्म रेडियो सन्देश आउन १८ मिनेट लाग्छ । चु रोङ रोबोट मंगलमा त्यतिबेला पुगेको जतिबेला चीनले अमेरिकासँग विश्वव्यापी प्रतिष्पर्धा गरिरहेको छ ।

अन्तरिक्ष विज्ञानमा अमेरिकाले ऐतिहासिक उपलब्धि हासिल गरेको थियो र अब चीनले त्यसमा पनि चुनौती दिन थालेको छ । हालैका वर्षमा चीनले संसारको पहिलो क्वान्टम उपग्रह छोडेको थियो । त्यसले चन्द्रमामा अवतरण गरेको थियो र त्यहाँका नमुना पठाउन सफल भएको थियो । चीनले यतिबेला आफ्नै स्पेश स्टेशन पनि बनाईरहेको छ ।

चु रोङले आगामी ९० दिनमा मंगलग्रहबाट सूचना पठाउन सकेमा चीनले अमेरिकापछि यो सफलता पाउने देशको सूचिमा आफ्नो नाम लेखाउनेछ । सोभियत संघले सन १९७१ मा मंगल ग्रहमा तीन रोबोट पठाएको थियो । तर त्यसको पृथ्वीसँगको सम्बन्ध टुटेर केहि सूचना पाउन सकेको थिएन् । मंगलग्रहलाई कठिन र चुनौतीपरुर्ण वातावरण भएको ग्रह मानिन्छ । त्यहाँ ठूला ठूला धुलोका आँधी आउँछ ।

चिनियाँ पत्रिका ग्लोबल टाइम्सका अनुसार चिनियाँ कम्युनिष्ट पार्टीले यो सफलतालाई महत्वपूर्ण कोशेढुङगा सावित भएको जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्