Shikhar Insurance

धनगढीलाई १–० ले हराउँदै काठमाडौं रेजर्सले जित्यो नेपाल सुपर लिग

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ १, शनिबार १९:५८
NIMB
Nabil Bank

काठमाडौं । पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल)को उपाधि काठमाडौं रेजर्सले जितेको छ । शनिबार भएको फाइनलमा रेजर्सले धनगढी एफसी १–० ले पराजित गरी उपाधी जितेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा काठमाडौंले धनगढीलाई मोसोउके ओलोओमुले एकमात्र निर्णायक गोल गरेका हुन् । उनले खेलको २१औँ मिनेटमा गोल गरे ।

Citizen Life
Kumar Bank
Nepal Life

उपाधिसँगै रेजर्सले ३५ लाख रुपैयाँ हात पारेको छ । उपविजेता धनगढीले १५ लाख पाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्