Shikhar Insurance

मकवानपुर र चितवनमा बाणिज्य बैंकहरु मात्रै खोल्न पाइने, राष्ट्र बैंक भन्छः हामी कुरा गर्दैछौं

दुबै जिल्लाका सिडियोहरुले विकास बैंक, फाइनान्स कम्पनी, लघुवित्त, इन्स्योरेन्स र सहकारीहरु पूर्णरुपले बन्द गर्न भनेका छन्
सिंहदरबार संवाददाता
२०७८ जेष्ठ २, आईतवार १०:३९
NIMB
Nabil Bank

काठमाडौं । चितवन र मकवानपुरका प्रमुख जिल्ला अधिकारी(सिडियो)ले बाणिज्य बैंक बाहेकका अन्य बैंक तथा वित्तिय संस्था, इन्स्योरेन्स कम्पनी र सहकारीहरु बन्द गर्न निर्देशन दिएका छन् ।

दुबै सिडियोहरुले सार्वजनिक सूचना नै प्रकाशित गरेर विकास बैंक र फाइनान्स कम्पनी, लघुवित्त, इन्स्योरेन्स कम्पनी र सहकारीहरु पूर्ण रुपले बन्द गर्न भनेका हुन् । मकवानपुरका सिडियो भरतमणी पाण्डेले बैशाख ३० गते जारी गरेको सूचनाको ७ नम्बरमा बाणिज्य बैंकहरु हप्तामा दुई दिन मंगलबार र शुक्रबार बिहान ९ बजेदेखि १ बजेसम्म सञ्चालन गर्नु पर्ने र अन्य सबै बैंक तथा वित्तिय संस्था र इन्स्योरेन्स कम्पनी तथा सहकारीहरु परुर्ण रुपले बन्द गर्न भनिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

त्यस्तै, चितवनका सिडियो प्रेमलाल लामिछानेले बैशाख ३१ गते जारी गरेको निर्देशनको ४ नम्बर बुँदमा आइतबार, मंगलबार र बिहिबार बाणिज्य बैंकहरु १० देखि १ बजेसम्म खोल्न पाइने उल्लेख छ । सोही बुँदामा अन्य वित्तिय संस्था, इन्स्योरेन्स कम्पनी, मनि ट्रान्सफर, तथा सहकारीहरु सञ्चालन गर्न नपाइने भनिएको छ ।

वित्तिय संस्था संघका अध्यक्ष् सरोजकाजी तुलाधारले सबै भन्दा पहिले जिल्लाको प्रशासनिक नेतृत्व गर्ने प्रमुख जिल्ला अधिकारीहरुलाई वित्तिय साक्षरताबारे जानकारी दिनु आवश्यक देखिएको बताए । उनले बाणिज्य बैंकहरुका शाखा मात्रै खोल्न दिने व्यवस्थाले नागरिकले अत्यावश्यक वित्तिय सेवा नपाउने अवस्था आउनु र त्यसमा सिडियोहरुको भूमिका रहनु दुःखद भएको पनि बताए ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता देव कुमार ढकालले बाणिज्य बैंकका शाखा बाहेक अन्य वित्तिय संस्थाहरु खोल्न नदिने निर्णय बारे आफुले प्रमुख जिल्ला अधिकारीहरुसँग कुरा गरेको बताए । ‘मैले फोनमा सिडियो साबहरुसँग कुरा गरेको छु, आज पनि कुरा हुन्छ, अनि केहि निचोड आउला’, राष्ट्र बैंकका प्रवक्ता ढकालले सिंहदरबारसँग भने ।

GBIME

प्रतिक्रिया दिनुहोस्