Shikhar Insurance

१८ हजार अक्सिजन सिलिण्डर तातोपानी नाकामा आईपुग्यो

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ २, आईतवार ११:१७
NIMB
Nabil Bank

काठमाडौं । सरकारले १८ हजार अक्सिजन सिलिण्डर तातोपानी नाकामा आईपुगेको बताएको छ । चिन सरकारको सहयोगबाट प्राप्त ती सिलिण्डरहरु आइतबार नै काठमाडौं ल्याउने तयारी भैरहेको उपप्रधानमन्त्री तथा सीसीएमसीका संयोजक ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिएका छन् ।

सिलिन्डरको अभाव हुन थालेपछि सरकारले चीन सरकारबाट अनुदानमा २० हजार खाली सिलिन्डर ल्याएको हो । यसअघि ४०० सिलिन्डर नेपाल वायुसेवा निगमको वाइडबडी विमानबाट ल्याइएको थियो । अठार हजार आइसकेपछि बाँकी एक हजार ६०० सिलिन्डर पनि जहाजबाट ल्याउने तयारी भइरहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

यस्तै आजै चीनबाट ५५० अक्सिजन सिलिन्डर नेपाल वायुसेवा निगमको वाइड बडी विमानले ल्याउँदैछ । शनिबार सिलिन्डर ल्याउनका लागि जहाज चीन गएको थियो । शनिबार मात्र ओमानबाट गैआवासीय नेपाली सङ्घका सहयोगमा ५६० खाली सिलिन्डर आएको थियो । कोभिड–१९ का सङ्क्रमितको उपचारका लागि अक्सिजन सिलिन्डरको अभाव हुन थालेपछि सरकारले विभिन्न मुलुकबाट सिलिन्डर ल्याउन थालेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्