Shikhar Insurance

सानिमा लाइफले बोलायो साधारणसभा, ६० लाख कित्ता आईपीओ जारीको प्रस्ताव पारित गर्ने

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ २, आईतवार ११:४६
NIMB
Nabil Bank

काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले जेठ २३ गते साधारणसभा बोलाएको हो । सभा भर्चुअल माध्यमबाट हुने बताइएको छ ।

साधारणसभाले धितोपत्र दर्ता गरी आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यसबाहेक कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न नियमनकारी निकायबाट निर्देशन आएमा सो सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी पनि साधारणसभाले प्रदान गर्नेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

सानिमा लाइफले निष्कासन गर्न लागेको आईपीओको बिक्री प्रबन्धक छनोट गरिसकेको छ । ६० लाख कित्ता आईपीओको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त भइसकेको छ । कम्पनीको जारी पुँजी २ अर्ब रुपैयाँ छ । कम्पनीको १ अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्