Shikhar Insurance

एनआरएनले स्वास्थ्य मन्त्रीलाई दियो ५६० अक्सिजन सिलिण्डर, यसरी बाढियो देशैभर

६७० वटा अक्सिजन कन्सन्ट्रेटर तत्कालै उपलब्ध गराउँदै
सिंहदरबार संवाददाता
२०७८ जेष्ठ २, आईतवार १२:२३
NIMB
Nabil Bank

काठमाडौं । गैर आवासिय नेपाली संघ(एनआरएन)ले ५६० थान अक्सिजन सिलिण्डर सरकारलाई हस्तान्तरण गरेको छ । एनआरएनका अध्यक्ष कुमार पन्त र संस्थापक अध्यक्ष उपेन्द्र महतोसहितको टोलीले स्वास्थ्य मन्त्री हृदयश त्रिपाठीलाई अक्सिजन सिलिण्डर हस्तान्तरण गरेका हुन् ।

मध्यपूर्वका गैर आवासिय नेपालीहरुले ५६० थान अक्सिजन सहयोग गरेका थिए । ति अक्सिजन ओमनबाट नेपाल बायुसेवा निगमको जहाजले शनिबार नेपाल ल्याएको थियो ।
त्यसरी सरकारलाई प्रदान गरिएको अक्सिजन सिलिण्डरहरु सातै प्रदेशमा बाढिएको छ । जस अनुसार सुदुरपश्चिम प्रदेशमा एक सय थान, कर्णालीमा एक सय थान, लुम्बिनीका २ सय थान, प्रदेश २ मा ८५ थान र गण्डकीमा ७५ थान उपलब्ध गर्राइएको एनआरएनका अध्यक्ष कुमार पन्तले जानकारी दिए ।

Citizen Life
Kumar Bank
Nepal Life

‘नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ अभियानअन्तर्गत थप सहायता पनि आउने क्रममा छ । ६७० वटा अक्सिजन कन्सन्ट्रेटर तत्कालै उपलब्ध गराउँदै छौँ ।’, एनआरएन अध्यक्ष पन्तले भनेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्