Shikhar Insurance

३३ करोडको आईपीओ जारी गर्ने अनुमति माग्दै दुई कम्पनी धितोपत्र बोर्डमा

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ २, आईतवार १२:४९
NIMB
Nabil Bank

काठमाडौं । ३३ करोड रुपैयाँ भन्दा बढी मूल्यको आईपीओ जारी गर्ने अनुमति माग्र्दै दुई कम्पनी नेपाल धितोपत्र बोर्डमा पुगेका छन् । तिमध्ये एउटा लघुवित्त कम्पनी छ भने अर्काे जलविद्युत कम्पनी रहेको छ ।

मानुषि लघुवित्त वित्तिय संस्थाले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता आइपीओ निष्काशनका लागि बैशाख १३ गते आवेदन दिएको हो । मानुषिले एसबीआई मर्चेन्ट बैंकिङलाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

त्यस्तै, दोर्दी खोला जलविद्युत कम्पनीले २९ करोड ५१ लाख ९२ हजार ९ सय रुपैयाँ बराबरको २९ लाख ५१ हजार ९ सय २९ कित्ता सेयर निष्काशनका लागि अनुमति माग्दै धितोपत्र बोर्डमा बैशाख २१ गते आवेदन दिएको हो ।

दोर्दी खोलाले सिद्धार्थ क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्