Shikhar Insurance

‘मर्जर/एक्विजिसनमा ध्यान छैन, २७ वर्षदेखि वाणिज्य बैंकहरुसँग प्रतिष्पर्धा गरिरहेका छौं’

सरोजकाजी तुलाधर
२०७८ जेष्ठ २, आईतवार २०:३४
NIMB
Nabil Bank

गुडविल फाइनान्सले सेवा आरम्भ गर्दा नै दीर्घकालिन रुपले चल्नुपर्छ भन्ने मान्यता बोकेको थियो । कम्पनीले २७ औं वर्षमा प्रवेश गरेको छ । हामीले त्यतिबेलै छोटो अवधिको लाभ भन्दा पनि लामो रेसको घोडाका रुपमा कम्पनीलाई अघि सारेका थियौं । नाफाको हिसाब एक तिर गर्न सकिएला तर हामी दीर्घकालिन सोच लिएर अघि बढिरहेका छौं । त्यसकारण हामीले मर्जर तथा एक्विजिसनमा जोड दिएनौं ।

गुडविल फाइनान्सको पुँजी स्थापना हुँदा एक करोड २५ लाख थियो । अहिले ८६ करोड बढी पुँजी पुगेको छ । प्रति सेयर नेटवर्थ १५० भन्दा बढी छ भने प्रति सेयर आम्दानी वार्षिक २३ रुपैयाँ पुगेको छ । शाखा सञ्जाल १६ वटा छन् । कोरोनाका कारण चार वटा शाखा विस्तार गर्न रोकिएको छ । कोरोना लहर कम हुने वित्तिकै विस्तार गरिहाल्छौं । हामीले करिब १० अर्ब निक्षेप संकलन गरेर ८ अर्ब भन्दा बढी कर्जा लगानी गरेका छौं ।

Citizen Life
Kumar Bank
Nepal Life

२७ वर्ष अघि गुडविल फाइनान्सको स्थापना हुँदा नै वाणिज्य बैंकहरुसँग कसरी प्रतिष्पर्धा गर्ला र ? भन्ने थियो । हामीले २७ वर्षसम्म प्रतिष्पर्धा गरेकै हौं । प्रतिष्पर्धासँग डराउनु हुन्न । आ आफ्नो बजार छ, जिम्मेवारी छ र भूमिका पनि छ । त्यसै अनुसार व्यवसाय गर्ने हो । वाणिज्य बैंकहरुका आफ्नै क्षेत्र र बिशेषता छन्, विकास बैंकको पनि त्यस्तै छ । फाइनान्स कम्पनीका लागि पनि आ आफ्नै कार्यक्षेत्र छन् । हामीले त्यसमै रहेर अघि बढ्ने हो ।

फाइनान्स कम्पनीहरुको अस्थित्व मेटिन्छ की रहन्छ भन्ने कुरा चाँही कानुनमै निर्भर गर्छ । नियामक वा कानुनले नै अब फाइनान्स कम्पनीहरु नराख्ने भन्ने व्यवस्था गर्यो भने अर्कै कुरा नत्र हाम्रो अस्थित्व संकटमा पर्दैन् ।

बैंक तथा वित्तीय संस्थाहरु भनेको वित्तीय मध्यस्थकर्ता हो । यहाँ एउटा प्रकारका संस्थालाई निश्चित काम गर्न नदिने र अर्काेलाई त्यस्तै प्रकृतिको काम गर्न नदिने भनेर आफ्नो भाग सुरक्षित गरिनु हुन्न । वाणिज्य बैंकहरुले जे गर्छन हामीलाई पनि त्यहि गर्न दिनुपर्छ । वाणिज्य बैंकहरुले गर्ने लेटर अफ क्रेडिट र हाइपोथिकेशन लोन बाहेकका सबै काम फाइनान्स कम्पनीहरुले पनि गरिरहेका छन् ।

गुडविल फाइनान्सका हकमा मर्जर वा एक्विजिसनमा जाने भन्ने छैन् । सिनर्जिक इफेक्ट आउने संस्था भेटिए मर्जरमा जान्छौं तर हामी कुनै संस्थासँग एक्विजिसनमा जाँदैनौं । फाइनान्स कम्पनीहरुलाई हेर्ने राज्यको चस्मा फेरिनुपर्छ ।कोरोनाका कारण देशका अधिकांश भूभागमा निषेधाज्ञा छ । सबै बैंक तथा वित्तीय संस्थाहरुको सेवा अत्यावश्यक सेवा नै हो । तर मकवानपुर र चितवनका प्रमुख जिल्ला अधिकारीहरुले वाणिज्य बैंकका शाखा मात्रै खोल्न दिने भन्ने निर्णय गरेका छन् । विकास बैंक, फाइनान्स कम्पनी, लघुवित्त, इन्स्योरेन्स कम्पनीहरु खोल्न नपाइने भनेको छ । यस्तो खालको नीतिले देशलाई अघि बढाउन सहयोग गर्दैन ।

सीडीयोहरुलाई बैंक तथा वित्तीयहरु भनेको वाणिज्य बैंक मात्रै होइन्, विकास बैंक र फाइनान्स कम्पनीहरु पनि वित्तीय सेवा दिईरहेका छन् भन्ने कुरा थाहा हुनुपर्छ ।

(गुडविल फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल वित्तीय संस्था संघका अध्यक्ष सरोजकाजी तुलाधरसँग गरिएको कुराकानीमा आधारित)

GBIME

प्रतिक्रिया दिनुहोस्