Shikhar Insurance

प्रभु बैंकको डिबेन्चर आउँदै, जेठ ११ देखि आवेदन खुला

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ ३, सोमबार ०९:२१
NIMB
Nabil Bank

काठमाडौं । प्रभु बैंकले ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गर्ने भएको छ । बैंकले ४ अर्ब रुपैयाँ बराबरको ४० लाख इकाई ऋणपत्र जारी गर्न लागेको हो ।

४० लाखमध्ये २४ लाख इकाई बैंकले आफ्नै पहलमा बेच्नेछ । बाँकीमध्ये २५ सय कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँड भइसकेको छ । बाँकी १६ लाख ७७ हजार ५ सय कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

ति संख्याा डिबेन्चर जेठ ११ गतेदेखि निष्काशन तथा बिक्री खुल्ला हुँदैछ ।‘प्रभु बैंक डिबेन्चर २०८७’ मा वार्षिक ८.५ प्रतिशत ब्याज पाइनेछ ।

ऋणपत्रमा छिटोमा जेठ १६ गतेसम्म र ढिलोमा जेठ २६ गतेसम्म आवेदन दिन सकिन्छ । ऋणपत्रमा न्यूनतम २५ इकाईदेखि अधिकतम १० लाख इकाईसम्म आवेदन दिन सकिने बताइएको छ । ऋणपत्रको बिक्री प्रबन्धकको काम मेगा क्यापिटल हो ।

इक्रा नेपालले प्रभु बैंकलाई ‘इक्रा एनपी इस्युअर रेटिङ ट्रिपल बी’ रेटिङ दिएको छ । ऋणपत्रमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट आवेदन दिन सकिन्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्