Shikhar Insurance

आजदेखि फुल फेजको फोरजी परिक्षण, तपाईंको मोबाइलमा भीओएलटीई चल्छ कि चल्दैन ? यसरी थाहा पाउनुस्

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ ३, सोमबार ०९:३६
NIMB
Nabil Bank

काठमाडौं । विश्व दूरसञ्चार तथा सूचना समाज दिवस २०२१ को अवसरमा नेपाल टेलिकमले मोबाइल सेवामा भीओएलटीईको परीक्षण शुरुवात गर्ने भएको छ । टेलिकमले सेवाहरुमा आधुनिकीकरण गर्ने क्रममा वायरलेस प्रविधिको चौथो पुस्ताको फोरजीमा एलटीई (लङ टर्म इभोलुसन) प्रविधि अन्तर्गत भ्वाइस ओभर एलटीई (भीओएलटीई) सेवा सञ्चालनमा ल्याउने भएको हो ।

विश्व दूरसञ्चार तथा सूचना समाज दिवस (मे १७) को अवसरमा प्रिपेड तथा पोस्टपेड फोरजी मोबाइलमा भीओएलटीई सेवाको परीक्षण शुरुवात गर्न लागेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

यो सेवाको उपलब्धतासँगै फोरजी मोबाइलमा हाइ–डेफिनेसन भ्वाइस, डायल गर्नासाथ सम्पर्क कायम हुने नेटवर्कको सहज उपलब्धताका साथै सेवामा थप गुणस्तरीयता महशुस गर्न सकिने टेलिकमको दाबी छ ।

भीओएलटीईलाई फुल फेजको फोरजी मानिन्छ । यसअघि टेलिकमले एलटीई सेवामात्र दिँदै आएको थियो । यो सेवाका लागि नेपाल टेलिकमका सेवाग्राहीले भीओएलटीई सपोर्ट गर्ने मोबाइलबाट भीओएलटीई सक्रिय गर्नुपर्छ । नेपाल टेलिकमले यो सेवाको प्रयोगकर्तालाई नेपाल टेलिकमको नेटवर्कमा २८ दिनसम्म प्रयोग गर्न सकिने १०० मिनेट भीओएलटीई भ्वाइस सुविधा एकपटकका लागि निःशुल्क उपलब्ध गराउने छ ।

आफ्नो मोबाइल सेटले भीओएलटीई सपोर्ट गर्छ/गर्दैन भनी थाहा पाउन यो लिंकमा क्लिक गर्न पाइन्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्