Shikhar Insurance

राधी विद्युत कम्पनीका लगानीकर्ता मालामाल, पाउने भए ३६.५० प्रतिशत बोनस सेयर

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ ३, सोमबार १२:०६
NIMB
Nabil Bank

काठमाडौं । राधी विद्युत कम्पनीका लगानीकर्ता मालामाल हुने भएका छन् । कम्पनीका लगानीकर्ताले ३६.५० प्रतिशत बोनस सेयर पाउने भएएका छन् । कम्पनी सञ्चालक समितिको बैठकले लगानीकर्ताहरुका लागि ३६.५० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । नियामकको स्वीकृति र आगामी साधारण सभाबाट पास गरेपछि कम्पनीका लगानीकर्ताले सो मात्रामा बोनस सेयर पाउनेछन् ।

जेठ २ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आव २०७६/७७ को नाफाबाट हाल कायम रहेको चुक्ता पुँजी ४६ करोड ३५ लाख ५६ हजार ५ सयको ३६.५० प्रतिशतले हुन आउने १७ करोड २४८ लाख २८ हजार एक सय २२ रुपैयाँ ४० पैसा बराबरको बोनस सेयर दिने निर्णय गरेको हो । यो बोनस सेयरका लागि विनियोजन रकम कर बाहेक हो ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्