Shikhar Insurance

धितोपत्र बोर्डले दुई जना चाटर्ड एकाउन्टेन्टलाई करारमा जागिर दिने

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ ३, सोमबार १२:१९
NIMB
Nabil Bank

काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुई जना चाटर्ड एकाउन्टेन्टलाई करारमा जागिर दिने भएको छ । बोर्डले जेठ ३ गते सार्वजनिक सूचना प्रकाशित गरेर दुई जना सिएलाई करारमा जागिर दिने बताएको हो ।

त्यसका लागि आवश्यक योग्यता पुगेका सिएहरुले आगामी २१ दिन भित्र एक हजार रुपैयाँ दस्तुर तिरेर आवेदन भर्नुपर्नेछ । बोर्डले एक जना निर्देशक अधिकृत द्धितिय श्रेणी र एक जना सहायक निर्देशक तृतिय श्रेणीमा नियुक्ती दिनेछ । अन्तरवार्ताको माध्यमबाट छनौट गरिने ति सिएहरुको तलब सुबिधा भने बोर्डको नियमानुसार हुनेछ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्