Shikhar Insurance

बी एन्ड सी मेडिकल कलेजलाई केयूको सम्बन्धन, गुणस्तरीय स्वास्थ्य जनशक्ति उत्पादन गर्छौंः प्रसाईं

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ ३, सोमबार १७:५०
NIMB
Nabil Bank

काठमाडौं । झापाको बी एन्ड सी मेडिकल कलेजले काठमाडौं विश्वविद्यालको सम्बन्धन पाउने भएको छ । काठमाडौं विश्वविद्यालय (केयू)ले कलेजलाई सम्बन्धन दिन चिकित्सा शिक्षा आयोगलाई सिफारिस गरेको हो ।

विश्वविद्यालयको ८९ औं बैठकले सम्बन्धन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

३१ वैशाखमा बसेको केयू कार्यकारी परिषदको ६२५ औं बैठकले निरीक्षण प्रतिवेदननका आधाारमा चिकित्सा शिक्षा ऐनको दफा १३(६) अनुसार सम्बन्धनका लागि सहमति दिने र सीट संख्यासहित स्वीकृतिका लागि आयोगमा पठाउने निर्णय गरेको विश्वविद्यालयका रजिस्ट्रार सुबोध शर्माले लेखेको शिफारिस पत्रमा उल्लेख छ ।

बी एन्ड सी मेडिकल कलेजका सञ्चालक तथा कार्यकारी निर्देशक दुर्गा प्रसाईंले देशमा राम्रो मेडिकल कलेजको आवश्यकता रहेको र बी एन्ड सीले आवश्यकता अनुसार सम्बन्ध पाउने प्रक्रिया अघि बढेको बताए । “अस्पताल स्थापना ७ वर्षपछि मेडिकल कलेजको एफिलिएसन पाउने भएका छौं,” सिंहदरबारसँग प्रसाईंले भने, “देशमा मेडिकल कलेज, डाक्टर तथा नर्सको आवश्यकता छ । हामी गुणस्तरीय स्वास्थ्य जनशक्ति उत्पादन गर्नेछौं ।”

झापामा रहेको बी एन्ड सी अस्पतालले कोभिड अवधिमा उल्लेख्य काम गरिरहेको छ । अस्पतालमा देशैभरका बिरामी उपचाररत छन् ।

सञ्चालक प्रसाईंलाई प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट मानिन्छन् । उनीले तत्कालीन नेकपा एकतामा सहयोग पुर्‍याएका थिए । प्रसाईंलाई ओली र प्रचण्डलाई सँगै राखेर मार्सी चामलको भात खुवाएको भनेर चिनिन्छ ।

पहिले प्रचण्ड निकटका मानिने प्रसाईंको अहिले ओलीसँग राम्रो सम्बन्ध छ । प्रसाईं अझै पनि ओली–प्रचण्ड एकता गराउने पक्षमा रहेको बताउँदै आएका छन् ।

ओलीकै निकटताका कारण प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिइएको र यसमा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको भूमिका रहेको बताइन्छ । श्रेष्ठले केयूको बोर्ड वैठकमै बी एन्ड सीलाई सम्बन्धन दिन दबाब दिएका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्