Shikhar Insurance

महासंघको ‘महान’ कामः क्षेत्रपाटीमा नयाँ आइसोलेसन केन्द्र, समाजसेवामा व्यवसायी !

गोल्छा भन्छन्ः मुलुकलाई अप्ठेरो पर्दा अग्रभागमा रहेका छौं
सिंहदरबार संवाददाता
२०७८ जेष्ठ ३, सोमबार २०:५९
NIMB
Nabil Bank

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले क्षेत्रपाटीस्थित पुरानो गोर्खा अस्पतालको भवनमा कोभिड आइसोलेसन एवम् प्राथमिक उपचार केन्द्र स्थापना गरेको छ । महासंघले एफएनसीसीआई अपरेसन कोभिड रिलिफ नेपाल अन्तर्गत कोभिड आइसोलेसन एवं प्राथमिक उपचार केन्द्र सञ्चालनमा ल्याएको हो ।

महासंघका अध्यक्ष शेखर गोल्छाले कोभिड महामारी मुलुकका लागि यतिखेर निकै ठूलो चुनौती भएर आएकामा यस चुनौतीलाई परास्त गरी आम सर्वसाधारणको स्वास्थ्य सुरक्षामा सहयोग गर्न महासंघ दत्तचित्त भई लागेको जिकिर गरे । उनले भने, “मुलुक अप्ठेरोमा पर्दा महासंघले सधै अग्रभागमा रहेर सेवा गरेको यसको इतिहास छ ।” महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले आम मानिसको स्वास्थ्य सुरक्षा नै यतिखेर प्रमुख चासो रहेकाले महासंघले एफएनसीसीआई अपरेसन कोभिड रिलिफ नेपाल अभियान नै सञ्चालन गरी संक्रमणको चपेटामा परेका नेपालीलाई सहयोग गर्न हातेमालो गरेको स्पष्ट पारे ।

Citizen Life
Kumar Bank
Nepal Life

कोभिड–१९ को नयाँ भेरियन्टको संक्रमणको महामारीबाट आक्रान्त आम सर्वसाधारणको स्वस्थ्य सुरक्षालाई उच्चतम प्राथमिकतामा राखी सहयोगका लागि नेपाल उद्योग वाणिज्य महासंघले अगाडि बढाएको एफएनसीसीआई अपरेसन कोभिड रिलिफ नेपाल अभियान चलाइरहेको छ ।

महासंघले वैशाख २६ गतेदेखि थालेको यस अभियान अन्तगत हाल २ वटा आइसोलेसन तथा उपचार केन्द्र, महासंघ कोभिड १९ सहायता केन्द्र र हेल्लो डाक्टर स्वास्थ्य परामर्श सेवा सञ्चालनमा छन् । महासंघले अन्य थप कार्यक्रम पनि सञ्चालनमा ल्याउने बताएको छ ।

क्षेत्रपाटी आइसोलेसन सेन्टर अहिले ५० वटा बेडबाट सुरु गरिएको छ र आवश्यकताका आधारमा विस्तार गर्दै पछि १ सय वेडसम्म पुरयाइने योजना छ । उक्त केन्द्रमा कोभिड भई घर वा कोठामा नै आइसोलेसनमा बसी हेरचाह, रेखदेख गर्न सम्भव नरहेका कोभिड बिरामीहरूलाई उचित खाना, औषधी, वासस्थानको व्यवस्था गरी स्वास्थ्यकर्मीहरूको निगरानीमा राखी आइसोलेसन सेवा प्रदान गरिने छ ।

केन्द्र अन्तरगत आइशोलेशनमा रहेका विरामीहरूलाई आपतकालिन रूपमा अक्सिजन दिनुपर्ने भएमा अक्सिजन दिई प्राथमिक उपचार गर्ने वा आवश्यकता अनुसार चिकित्सकको सल्लाहमा विरामीहरूलाई सम्बन्धित अस्पतालमा पठाउने व्यवस्था हुनेछ ।

महासंघ र वडा नम्वर १७ बीचको आपसी सहमती अनुसार महानगरपालिका वडा कार्यालयले चिकित्सक, नर्स एवं स्वयम् सेवकको नियुक्ति एवं परिचालन गर्ने, आइसोलेसनमा रहेका बिरामीको रेखदेख, स्याहार सुसार र स्वास्थ्यकर एवं पौष्टिक खानाको उपयुक्त व्यवस्थापन गर्ने, आइशोलेशनमा रहेका आपतकालिन वा आकस्मिक उपचारको स्थितिमा रहेका बिरामीहरूलाई चिकित्सकको सिफारिशमा सम्बन्धित अस्पतालमा पठाई उपचारको व्यवस्था मिलाएको छ भने महासंघले कोभिड आइशोलेन एवं प्राथमिक उपचार केन्द्रको सञ्चालन तथा व्यवस्थापनको लागि आवश्यक आर्थिक स्रोतको जोहो गर्नेछ ।

महासंघले भगवान महावीर जैन–निकेतन, आरम्भ फाउन्डेसन र कामनपा वडा नम्बर २९ को सहयोग एवं सहकार्यमा बैशाख ३० गतेदेखि काठमाडौंको कमलपोखरीस्थित जैन निकेतनमा ५० बेडको ड्राई आइसोलेसन केन्द्र
(अक्सिजन र आपतकालिन सेवाबाहेकको) संचालनमा ल्याइसकेको छ । उक्त केन्द्रमार्फत हाल ४० जनाले सेवा पाइरहेका छन् ।

उक्त केन्द्र सञ्चालनका लागि निकेतनले स्थान उपलब्ध गराएको छ भने आरम्भ फाउन्डेसनले आइसोलेसनको दैनिक व्यवस्थापन र संचालन गर्ने जिम्मेवारी सहित दुई जना स्वास्थ्यकर्मी र एक जना चिकित्सको व्यवस्था गरेकोछ ।

जैन निकेतनमा सञ्चालित आइसोलेसन केन्द्रमा रहने संक्रमितका लागि बिहान बेलुकाको खाना र दिउँसोको खाजाको प्रबन्ध गरिएको छ । केन्द्रमा अक्सिजन बाहेक कोरोना संक्रमितहरूका लागि दिइने खाने औषधिहरु समेत उपलव्ध गराईएको छ ।

त्यसैगरी महासंघले कोभिड संक्रमितहरूलाई स्वास्थ्य परामर्श दिन वैशाख २६ गतेदेखि हेल्लो डाक्टर कार्यक्रम सञ्चालन गरेको छ । भाइबरसँगको सहकार्यमा डाक्टर अन कलका चिकित्सकहरूले विरामीहरूलाई स्वास्थ्य परामर्श दिइरहेका छन् । यसबाट सयौं मानिसहरूले स्वास्थ्य परामर्श लिई लाभान्वित भइरहेका छन् ।

त्यस्तै कोभिड संक्रमणको समस्यामा परेकाहरूको सहयोगार्थ स्थापना गरिएको महासंघ कोभिड सहायता केन्द्रबाट निकै धेरै मानिसहरूले राहत पाएका छन् । कोभिड संक्रमणबाट ग्रसित भई समयमा अस्पतालमा बेड पाउन नसकेका, अक्सिन, एम्बुलेन्स लगायतका सेवा समयमा पाउन नसकी समस्यामा परेका विरामी र तीनका आफन्तहरूलाई केन्द्रमार्फत सहयोग भैरहेको छ । केन्द्रबाट हालसम्म सयौं मानिसहरु लाभान्वित भैसकेका छन् ।

महासंघले अगाडि बढाएको स्वास्थ्य सेवा अभियान महासंघका अध्यक्ष गोल्छाको नेतृत्वमा निवर्तमान अध्यक्ष भवानी राणा, विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष पशुपति मुरारका, वरिष्ठ उपाध्यक्ष ढकाल, उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ, रामचन्द्र संघाईलगायत महासंघको सिंगो टिम नै यतिखेर अग्रभागमा रहेर काम गरिरहेको छ ।

त्यसैगरी महासंघका सवै सदस्य संघ संस्था, उद्योग प्रतिष्ठानहरूले आ–आफना क्षेत्रमा आफूले सकेको सहयोग गरीरहेका छन् । स्वास्थ्य सामग्री, आइशोलेशन निर्माण तथा संचालन, एम्वुलेन्स सेवा संचालन, औषधि वितरण, अस्पतालहरूलाई आर्थिक तथा स्वास्थ्य सामग्रीहरू उपलव्ध गराई सहयोग भैरहेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्