Shikhar Insurance

कर्णालीका अर्थमन्त्रीको पहिलो निर्णयः दुर्गमका तीन पुललाई १६ करोड ९३ लाख बजेट

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ ३, सोमबार २०:०९
NIMB
Nabil Bank

सुर्खेत । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले प्रदेश सरकारको काम कारवाहीमा आर्थिक अनुशासन कायम गरी बजेट कार्यान्वयनमा प्राथमिकता दिने बताएका छन् ।

सोमबार पदबहाली गर्दै योजनामन्त्री शर्माले कर्णालीको विकासका लागि उपलव्ध स्रोत–साधनको सदुपयोग गर्दै समुचित ढङ्गबाट बजेट बाँडफाट गर्ने जनाए । “यतिबेला कोरोना महामारी बढ्दै गएकाले अस्पताल निर्माण र त्यसका लागि आवश्यक सामग्री जुटाउन र जनशक्ति व्यवस्थापन मुख्य काम हो,” उनले भने, “तत्काल जनताको जीउज्यान जोगाउने कार्य मेरो पहिलो प्राथमिकता हो ।”

Citizen Life
Kumar Bank
Nepal Life

योजनामन्त्री शर्माले आगामी आव २०७८/०७९ मा कर्णालीको सबै क्षेत्र, समुदाय र भूगोल समेट्ने, यहाँको आवश्यकता र विशिष्टतालाई ध्यान दिएर बजेट निर्माण गर्ने जनाए । भौतिक पूर्वाधार निर्माण र मानवीय विकासलाई सँगसँगै लग्ने जनाउनुभएका उनले आगामी वर्षको बजेट कार्यान्वयन हुने गरी विनियोजन गर्ने र कार्यान्वयनमा विशेष जोड दिने बताए ।

शपथ ग्रहणपश्चात् पदवहाली गर्दै मन्त्री शर्माले दुर्गम जिल्लाको विकासलाई प्राथमिकतामा राखेर फाइल सदर गरे । दुर्गमको विकासविना समग्र प्रदेशको विकास नहुने भएकोले हिमाली जिल्लाका आयोजनासँग सम्बन्धित दुई मोटरेबल पुल र एक सडक निर्माणको लागि तयार पारिएको फाइल सदर गर्दै उनले कार्यारम्भ गरे ।

मन्त्री शर्माले मुगु जिल्लाको दोमुख माटरेबल पुल निर्माणका लागि एक करोड २७ लाख, झुक्ला मोटरेबल पुलका लागि पाँच करोड ११ लाख र क्याटु–साल्दाङ–धो सडकका लागि १० करोड ५५ लाख बजेट सुनिश्चितताको फाइल सदर गरे ।रासस

GBIME

प्रतिक्रिया दिनुहोस्