Shikhar Insurance

उपत्यकामा ७५० आइसोलेशन, २२१ आईसीयु, ६९ भेन्टिलेटर खाली, संकट परे यी नम्बरमा फोन गर्नुस्

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ ३, सोमबार २१:००
NIMB
Nabil Bank

काठमाडौं । सरकारले उपत्यकाभित्र रहेका आईसीयु, भेन्टिलेटर र आइशोलेशन बेडहरुको विवरण सार्वजनिक गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना उपचारमा बेडहरुको अभाव सम्बन्धी कोलाहल मच्चिएपछि आईसीयु, भेन्टिलेटर र आइशोलेशन बेड सम्बन्धी विवरण सार्वजनिक गरेको हो ।

मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार उपत्यकामा अझै पनि केहि आइसीयु, भेन्टिलेटर र आइशोलेशन बेडहरु खाली नै छन् । जस अनुसार उपत्यकामा ७५० वटा आइशोलेशन बेड, २२१ वटा आईसीयु र ६९ वटा भेन्टिलेटर अझै खाली छन् ।

सरकारले उपत्यकामा कोरोना संक्रमितको उपचार गराईरहेका निजी तथा सरकारी २० अस्पतालमा रहेका आइशोलेशन बेड, आईसीयु र भेन्टिलेटरको विवरण दिएको हो । उपत्यकाका २० अस्पतालमा रहेका २३ सय ८६ आइशोलेशन बेडमध्ये ७५० वटा अझै खाली छ भने ४ सय ६४ आईसीयुमध्ये २२१ वटा अझै खाली छन् । त्यस्तै, २०२ भेन्टिलेटरमध्ये ६९ वटा अझै खाली नै छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

सरकारले त्यसरी खाली रहेका अस्पतालहरुको तत बेडहरु प्रयोगका लागि फोकल पर्सहरुको नम्बर समेत सार्वजनिक गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्