Shikhar Insurance

जिपी अस्पताललाई सङ्घीय सरकारको ९ करोड बजेट

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ ४, मंगलवार ०९:२१
NIMB
Nabil Bank

तनहुँ । सङ्घीय सरकारद्वारा शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई ९ करोड बजेट विनियोजन भएको छ । कोभिड लक्षित पूर्वाधार थप्न सङ्घीय सरकारले प्राथमिकता दिई बजेटको व्यवस्था गरेपछि उपचारमा सहज हुने भएको छ ।

उक्त केन्द्रमा पाँच भेन्टिलेटर र १० आइसीयू शय्या जडानका लागि ६ करोड र अक्सिजन प्लान्ट निर्माण र अक्सिजन उत्पादनका लागि ३ करोड गरी जम्मा ९ करोड अर्थ मन्त्रालयले बजेट विनियोजन गरेको हो । अस्पतालमा भेन्टिलेटर र अक्सिजन प्लान्ट आफ्नै भएपछि उपचारमा थप सहज हुने विश्वास गरिएको केन्द्रका कार्यकारी प्रमुख डा रामकुमार श्रेष्ठले जानकारी दिए ।

Citizen Life
Kumar Bank
Nepal Life

जिल्लामा कोभिडका बिरामी बढेपछि प्रतिनिधिसभा सदस्यद्वय केदार सिग्देल र कृष्णकुमार श्रेष्ठ (किसान) तथा राष्ट्रियसभा सदस्य भगवती न्यौपानेलगायतले अर्थ मन्त्रालयमा बजेटका लागि पहल गरेको बताइएको छ । त्यसैगरी अर्थ मन्त्रालयले दमौली अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि अस्पतालको मागबमोजिम ३० लाख उपलब्ध गराउने निर्णयसमेत गरेको छ । रासस

GBIME

प्रतिक्रिया दिनुहोस्