Shikhar Insurance

राष्ट्रिय सभामा यसरी हुँदैछ भिडन्त, बादललाई ओलीपक्षकै घात

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ ४, मंगलवार १४:२०
NIMB
Nabil Bank

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा राम बहादुर थापा ‘बादल’ र डा. खिमलाल देवकोटाबीच जेठ ६ गते प्रतिष्पर्धा हुँदैछ । बादललाई नेकपा(एमाले)ले उम्मेदवार बनाएको हो भने डा. देवकोटालाई एमालेकै माधव नेपाल समुहले उम्मेदवार बनाएको छ । डा. देवकोटालाई एमाले नेपाल पक्षका अलवा काँग्रेस, माओवादी, जनता समाजवादी(उपेन्द्र–बाबुराम समुह)को समर्थन रहेको छ ।

एमालेको आन्तरिक विवाद समाधान भैसकेको छैन्, त्यसकारण नेपाल समुहले डा. देवकोटालाई नै मत दिने सम्भावना बढेको छ । उता, ओली समुहकै केहि मत डा. देवकोटालाई जाने सम्भावना बढेको छ । ओली निकट केहि नेताहरुले आफ्ना खास मान्छेहरुलाई बादललाई भोट नदिन आन्तरिक सर्कुलर गरेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

बादलका कारण आफ्नो राजनीतिक भविष्य असुरक्षित ठान्दै महासचिव ईश्वर पोखरेल, उप महासचिव बिष्णु पाौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल लगायतले आफु निकट मतदाताहरुलाई क्रस भोटिङ गराउने श्रोत बताउँछ । पार्टीले ह्विप लगाए पनि राष्ट्रिय सभा निर्वाचनमा गोप्य मतदान हुनेछ । गोप्य मतदानमा कसले कसलाई मत दियो भनेर एकिन गर्न सकिन्न । क्रस भोटिङको तथ्य पत्ता लगाउन नसकिने भएकाले पनि बादललाई हराउन चाहनेहरुका लागि सहज हुनेछ ।

माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका बादल अहिले गृहमन्त्री छन् । उनी ओली नेतृत्वको सरकारमा सुरुवात देखि नै गृहमन्त्रालयको जिम्मेवारीमा छन् । एमाले प्रवेश गरेपछि बादललाई महत्वपूर्ण जिम्मेवारी दिने पक्षमा ओली देखिँदै आएका छन् । विद्या भण्डारी राष्ट्रपति बनेपछि रिक्त रहेको उपाध्यक्ष पदमा बादललार्य ल्याउने तयारीमा ओली देखिएपछि ओलीको उत्तराधिकारी बन्न लाइनमा बसेका नेताहरु झन तर्सिएका छन् ।

बादललाई राष्ट्रिय सभामा रोक्न सके गृहमन्त्रालय पनि फुस्काउन सकिने र राजनीतिक रुपले पनि सुरक्षित महशुस हुने आँकलन सहित ओली क्याम्पकै केहि नेताहरु बादल हराउ अभियानमा लागेका हुन् । माधव नेपाल समुहले अहिलेसम्मको अवस्थामा डा. देवकोटालाई नै मत दिने सम्भावना कायमै छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्