Shikhar Insurance

अनेरास्ववियुले भन्योः विद्यार्थीलाई कोरोना खोप चाहियो, निषेधाज्ञाको कोठा भाडा छुट दिनु परो

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ ४, मंगलवार १४:४६
NIMB
Nabil Bank

काठमाडौं । नेकपा(एमाले) माधव नेपाल समुह निकट अनेरास्ववियुले विद्यार्थीहरुलाई प्राथमिकताका साथ कोरोना खोप उपलब्ध गराउन माग गरेको छ । जुम माध्यमबाट बसेको केन्द्रिय कमिटीको बैठकले विद्यार्थीहरुलार्य प्राथमिकताका साथ कोरोना खोप उपलब्ध गराउन माग गरेको हो ।

अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले बैठकका निर्णय समेटेर प्रेस विज्ञप्ति जारी गर्दै विद्यार्थीहरुलाई निषेधाज्ञा अवधीको कोठा भाडा मिनाहा गर्ने व्यवस्था मिलाउन पनि माग गरेका छन् ।
अनेरास्ववियुले अनलाइन क्लासका नाममा अविभावकहरुसँग महंगो शुल्क असुली नगर्न निजी विद्यालयहरुलाई आग्रह पनि गरेको छ । अनेरास्ववियुले हिंसात्मक संघर्षमा उत्रिएका इजरायल र प्यालेस्टाइनलाई शान्तिपूर्ण माध्यमबाट समस्याको समाधान खोज्न पनि अनुरोध गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

GBIME

प्रतिक्रिया दिनुहोस्