Shikhar Insurance

अक्सिजन प्लान्ट उत्पादन गर्नेले आधार दरमै कर्जा पाउने

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ ४, मंगलवार १५:५४
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले कोभिड १९ सँग लड्ने स्वास्थ्य व्यवस्थाका लागि सहजीकरण गरेको छ । विद्यमान कोभिड संकट मध्यनजर गर्दै अक्सिजन, औषधी तथा स्वास्थ्य सामाग्री व्यवस्थाका लागि नीतिगत सुविधा हेरफेर गरेको हो ।

केन्द्रिय बैंकका अनुसार नेपालमा हाल सञ्चालनमा रहेका स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लान्ट वा अक्सिजन प्लान्ट स्थापना गर्ने प्रयोजनको लागि कर्जा माग भएमा बैंक तथा वित्तीय संस्थाहरुले आधार दरमा नै कर्जा उपलब्ध गराउने व्यवस्था मिलाइनेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

यस्तै नेपालमा हाल सञ्चालनमा रहेका स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लाण्टको लागि रु ५० करोडसम्म तथा अक्सिजन प्लाण्ट स्थापना गर्ने प्रयोजनको लागि रु २० करोडसम्मको कर्जालाई एक वर्षको लागि विशेष पुनरकर्जा उपलब्ध गराउने व्यवस्था मिलाइने छ ।

समीक्षाअनुसार बैंक तथा वित्तीय संस्थाहरुले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत छुट्याएको कोषको रकम जीवन रक्षा, सार्वजनिक हित तथा परोपकारी कार्यलाई प्राथमिकता दिनेगरी त्यस्तो योगदान देशभर नै उपलब्ध हुनेव्यवस्था मिलाइने छ । हालको विषम परिस्थितिलाई दृष्टिगत गरी बैंक तथा वित्तीय संस्थाले उक्त कोषको रकम अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटर, जीवन रक्षक भ्याक्सिन, औषधी आदि कार्यमा खर्चगर्न सक्ने व्यवस्था मिलाइने छ ।

त्यसैगरी, राष्ट्रिय महत्वका आविष्कार केन्द्र तथा मानव सेवा जस्ता परोपकारी कार्यमा गरेको खर्च समेत उक्त कोषबाट हुने खर्चमा गणना गर्न सकिने व्यवस्था मिलाइने छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्