Shikhar Insurance

निषेधाज्ञा सकिएको १ महिनासम्म धितो लिलाम नहुने, ब्याज र किस्तामा छुट पनि पाइने

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ ४, मंगलवार १६:१८
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई निषेधाज्ञा अवधिमा धितो लिलाम नगर्न निर्देशन दिएको छ । केन्द्रिय बैंकले चालु आवको मोद्रिक नीति समीक्षा गर्दै कोभिड–१९ संक्रमण न्यूनीकरणका लागि जारी भएको निषेधाज्ञा अवधिभर र सो अवधि समाप्त भएको एक महिनासम्म बैंक तथा वित्तीय संस्थाले कुनै पनि प्रकारको असुली सम्बन्धी सूचना वा लिलामी सम्बन्धि सूचना जारी गर्न नपाउने व्यवस्था मिलाउने जनाएको हो ।

केन्द्रिय बैंकले निषेधाज्ञाको अवधिमा कर्जाको किस्ता वा व्याज भुक्तानी गर्ने ग्राहकलाई छुट प्रदान गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई प्रोत्साहित गरिने पनि बताएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्