Shikhar Insurance

भोमी बन्यो कोभिडको डेडिकेटेड अस्पताल

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ ४, मंगलवार १६:२७
NIMB
Nabil Bank

काठमाडौं । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० जनगालस्थित भोमी अस्पताललाई कोभिड समर्पित (डेडिकेटेड) अस्पताल बनाइएको छ । नगरपालिकाका प्रमुख लक्ष्मी नरसिंहवादे श्रेष्ठले उक्त अस्पतालको कोभिङ उपचार सेवाको उद्घाटन गरे । नगरपालिकाको स्वीकृतिमा सञ्चालित १५ शय्याको सो अस्पतालसँग सम्झौता गरी कोभिडबाट सङ्क्रमित बिरामीको उपचारको लागि व्यवस्था मिलाएको छ ।

नगरपालिकाले ४ शय्याको आईसीयू र ६ शय्याको अक्सिजन सुविधासहित गरी १० शय्या नगरपालिकालाई कोभिड बिरामी उपचारको लागि जिम्मा दिनुपर्ने सम्झौता गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

अस्पतालका प्रबन्ध निर्देशक सगुन कायस्थले जिल्लामा विरामीको उपचारमा थप सहजता प्रदान गर्नको लागि बनेपामा नै अस्पताल सञ्चालन गरिएको बताए ।

अस्पताल बहुआयामीक सेवाहरु प्रदान गर्ने हेतुले निर्माण गरिएको यद्धपी अहिले कोभिडको महामारीमा समुदाय र राष्ट्रको स्वास्थका मुद्धाहरु सम्बोधन गर्न अस्पताल दत्तचित्त भएर लाग्ने बताइएको छ । अब बनेपा आसपासका मान्छेहरु र सिन्धुली बनेपा सडकखण्डमा भएका दुर्घटनाका केसहरुले सुविधासम्पन्न अस्पताल र जीवनरक्षार्थ चाहिने सेवाहरुका लागि काठमाडौं धाउने दिनको अन्त भएको प्रबन्ध निर्देशक सगुन कायस्थले बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्