Shikhar Insurance

अब नेपालमै अक्सिजन सिलिन्डर उत्पादन हुने

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ ४, मंगलवार १८:२३
NIMB
Nabil Bank

ललितपुर । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान(नास्ट) ले नेपालमा पहिलोपटक अक्सिजन ग्यास सिलिन्डरको उत्पादन परीक्षण गरेको छ । कोभिडको महामारी फैलिएको र अक्सिजन सिलिन्डरको चरम अभाव भइरहेको बेला नयाँ सिलिन्डर निर्माण गरी परीक्षण गरिएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले सिलिन्डर परीक्षणको शुभारम्भ गरे । नास्टको बैज्ञानिकसँग भएको भेटको क्रममा मन्त्री श्रेष्ठले सिलिन्डर उत्पादन गर्न सक्ने अवस्थाबारे जानकारी लिए लगत्तै नास्टले सफल परीक्षण गरेको हो । अब नेपालले प्रेसर धान्न सक्ने लिनिन्डर उत्पादन गर्न विभिन्न कम्पनीलाई अनुमति दिनेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

नास्टका प्रविधि संकाय प्रमुख डा. रविन्द्र ढकालले प्रेसर धान्न सक्ने सिलिन्डर तयार भएको जानकारी दिए । उनले भने, “सुरक्षाको अन्तिम उपाय अवलम्बन गर्न बाँकी छ, केही दिनमा सिलिन्डर उत्पादन गर्ने कम्पनीसँग छलफल गरी व्यावयासीक उत्पादन गर्न अनुमति दिनेछौं ।”

उनका अनुसार नेपालमा अहिले पाइने सिलिन्डरको न्युनतम मुल्य करिब १५ हजार पर्नेछ भने नास्टको प्रविधि प्रयोग भएको सिलिन्डरको करिब १० हजार भन्दा कम मुल्य पर्नेछ । परीक्षण अवलोकन गर्न नास्टको मुख्यालय पुगेका मन्त्री श्रेष्ठले नास्टका उपकुलपति डा. सुनिलवावु श्रेष्ठ, वैज्ञानिक शंकर ढकाल लगायत सबै टिमलाई धन्यवाद दिए ।

उनले भने, “नेपालका वैज्ञानिकको मेहेनतको कारण गएको कोभिड संक्रमण नियन्त्रण गर्न स्वाब कलेक्सन भ्यान, स्यानिटाइजर, धुन मिल्ने मास्क निर्माण गरेर कोभिड नियन्त्रणमा महत्वपुर्ण योगदान गर्नुभयो । अब सिलिन्डर तयार गरेर कोरोना संक्रमितको प्राणवायु अक्सिजन भर्ने सिलिन्डर निर्माण गर्ने प्रविधिको सफल परीक्षण गरेर महत्वपुर्ण काम गर्नुभएको छ ।”

उनले अक्सिजन बनाउन प्रयोग हुने जियोलाइटको अभावपुर्ति गर्न सरकार गम्भीर रुपमा लाग्ने बताए । मन्त्री श्रेष्ठले नास्टले अझै धेरै आविष्कार गर्न बाँकी रहेको बताउँदै त्यसको लागि सरकारको पुर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गरे । सफल परीक्षण भएको सिलिन्डर वैज्ञानिक शंकर ढकालको समुहले तयार गरेको हो ।

“सो सिलिन्डरमा ग्यास सिलिन्डरमा ग्यासको दवाब २२५ बारसम्म भए सुरक्षित रहन्छ । परीक्षण गर्दा ग्यासको दवाब २३५ बारसम्म पुगेपछि सिलिन्डरमा जोडिएको पाइपमा सामान्य समस्या आएको थियो । त्यसैले अन्तिम परीक्षण गर्न बाँकी रहेको हो,” प्रविधि संकाय प्रमुख रविन्द्र ढकालले भने ।

नास्टका वैज्ञानिकका अनुसार नेपालमा यस्तो सिलिन्डर निर्माण हुने गरेको छैन भने आयातित सिलिन्डरको गुणस्तर परीक्षण समेत हुने गरेको छैन ।

मन्त्री श्रेष्ठले ठूला अस्पतालमा अक्सिजनउत्पादन प्लान्ट नहुनु विडम्बना भएको बताउँदै भने – “विगतमा अस्पताल सञ्चालन अनुमति दिँदाअक्सिजन प्लान्टको व्यवस्था अस्पतालभित्र अनिवार्य हुनुपर्ने नियम बनाइएको भए आज अभावको समस्या भोग्नुपर्ने थिएन ।

नास्टका उपकुलपति डा. सुनीलबाबु श्रेष्ठले नास्टले स्वाब परीक्षण गर्न मोबाइल भ्यान तयार गरी सुरक्षाका तीनवटै निकायलाई हस्तान्तरण गरेको बताए । उनले नास्टले कोभिड नियन्त्रणकोलाई महत्वपुर्ण काम गरिरहेको दाबी गर्दै भविष्यमा अन्य कार्य अघि बढाइने जानकारी दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्